arrow

भारतमा हुने जी-२० शिखर सम्मेलनमा पुटिन सहभागी हुन सक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २८ आइतबार
putin-kazakhstan-2022.jpeg

काठमाडौं। भारतको राजधानी नयाँ दिल्लीमा आउँदो सेप्टेम्बरमा हुने जी-२० शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी हुने सम्भावना रहेको ब्लूमबर्गले अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।

रिपोर्टहरूका अनुसार क्रेमलिनले पछिल्ला दुई शिखर सम्मेलनहरू छोड्नु परेपछि रुसी राष्ट्रपतिलाई भेलामा भाग लिन सम्भव बनाउन कार्यतालिका बनाउने काम गरिरहेको छ।

भारतले पुटिनलाई औपचारिक निमन्त्रणा दिएर क्रेमलिनले स्वीकार गरेको भए पनि यस सम्बन्धमा कुनै आधिकारिक पुष्टि भने भएको छैन ।

क्रेमलिनले अहिले सेप्टेम्बर ९ र १० मा भ्लादिभोस्टोकमा हुने वार्षिक आर्थिक फोरमको लागि तयारी गरिरहेको जनाइएको छ ।

भारत एवं चीनका वरिष्ठ अधिकारीहरूको सहभागितका लागि र पुटिनलाई थप लचकता दिन यो फोरम एक हप्ता पछि धकेलिएको ब्लूमबर्ग स्रोतलाई उद्धृत गर्दै लेखेको छ ।

गत वर्ष इन्डोनेसियाको बालीमा भएको जी-२० शिखर सम्मेलनमा पुटिनले भाग लिएका थिएनन् . उनले विदेशमन्त्री सर्गेई लाभरोभलाई सम्मेलनमा पठाएका थिए ।

त्यसको एक वर्षअघि पनि पुटिनले युक्रेनमा आक्रमण गर्ने योजना बनाएको अवस्थामा रोममा भएको जी-२० शिखर सम्मेलनमा पनि उनी सहभागी भएका थिएनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ