arrow

रामसहायको उम्मेदवारी कायमै राख्ने आयोगको निर्णय, जसपाका दुई उम्मेदवार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २८ आइतबार
ramsahaya-yadav-vice-president-candidate.jpg
तस्बिर – फाइल ।

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी जसपाका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायम रहेको निर्णय गरेको छ ।

आयोगले यादवको उम्मेदवार खारेज गर्न नपर्ने निर्णय गरेको हो । यसअघि आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपतिमा महिला नै उम्मेदवार बनाउन आग्रह गरेका थिए । 

अहिले आएर आयोगकै भनाइ पनि बाझिएको छ । नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले यादवको उम्मेदवारी खारेजीको माग गरेका थिए ।

योसँगै उपराष्ट्रपतिमा चार जना उम्मेदवार भएका छन् । अचम्म त के भने जसपाबाटै दुई जनाको उम्मेदवारी छ । जसपाबाट प्रमिला यादवको पनि उम्मेदवारी कायम छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ