arrow

कोरोना बढ्दो क्रममा, सक्रिय संक्रमित १५ पुगे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २८ आइतबार
corona-omicron-nepal.jpg

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा रहेको छ । शनिबार एकैदिन सात जना संक्रमित थपिएर केही महिनादेखिकै सबैभन्दा बढी संक्रमित पाइएका हुन् । 

आइतबार फेरि ३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२५ जनाको पीसीआर परीक्षणबाट तीन जना संक्रमित पाइएका हुन् । 

आइतबार कोही पनि संक्रमणमुक्त भएका छैनन् । ५२८ जनाले खोप लगाएका छन् । हाल सक्रिय संक्रमित बढेर १५ पुगेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ