arrow

संविधान विरोधी शक्तिसँग होसियार रहन प्रदेश प्रमुख गुरुङको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २८ आइतबार
Prithiviman gurung.jpg

पोखरा । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले अहिलेको संविधानमाथि औँला ठड्याउने र असहिष्णुता दर्शाउने शक्तिहरूसँग होसियार रहनुपर्ने बताए ।

पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवस समारोहलाई आइतबार सम्बोधन गर्दै उनले राजनीतिक दल र जनप्रतिनिधिले जनअपेक्षाअनुसार काम गर्न नसकेकाले एकथरी मानिस संविधान नै फेर्नुपर्छ भनेर लागिरेहेको उल्लेख गरे । 

“संविधानप्रति वफादार रहेर हामीले सपथ खाएका छौँ, संविधानको रक्षाका लागि जुनसुकै मूल्य चुकाउन तयार छौँ भनेर वाचा गरेका छौँ, यो विषयमा हामी सधँै चनाखो र सचेत रहनुपर्छ”, प्रदेश प्रमुख गुरुङले भने । 

संविधानले निर्दिष्ट गरेबमोजिम जनताको विश्वास जितेर काम गर्न नसकेमा अहिलेको व्यवस्था र संविधान विरोधी भावना अझ मौलाएर जाने उनको भनाइ छ । 

“हाम्रो आचरण, चरित्र जनताले हेरिरहेको छन्, बोली र व्यवहारमा हामी स्पष्ट र दृढ हुनुपर्छ”, प्रदेश प्रमुख गुरुङले भने ।

जनताको अपेक्षा बढी भएको उल्लेख गर्दै उनले स्थानीय तहले स्रोतसाधनको अधिकतम उपयोग गर्ने गरी योजनाबद्ध विकासको खाका ल्याउनुपर्ने बताए ।

प्रदेश प्रमुख गुरुङले पोखरा महानगरको विकास, प्रगति र उन्नतिसँग देशकै भाग्य र भविष्य जोडिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ