arrow

इरानले रुसबाट शक्तिशाली लडाकु विमान किन्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २९ सोमबार
su-35.jpg

काठमाडौं ।  इरानले रुसबाट सुखोई एसयू-३५ लडाकु विमान किन्ने भएको छ । इरानी सञ्चारमाध्यमका अनुसार दुई देशबीच यस विषयमा सम्झौता भएको छ । 

संयुक्त राष्ट्र सङ्घमा इरानी कूटनीतिज्ञले यस्तो पुष्टि गरेका छन् ।  कूटनीतिज्ञका अनुसार सुखोई एसयू-३५ जेटलाई इरानी विज्ञहरूले प्राविधिक रूपमा अनुमोदन गरेपछि सम्झौता अगाडि बढाइएको हो । यद्यपि यस सम्झौताका बारेमा रुसले कुनै वक्तव्य जारी गरेको छैन ।

संयुक्त राष्ट्रले हतियार किन्ने इरानमाथि प्रतिबन्ध लगाएको थियो। उक्त प्रतिबन्ध अक्टोबर २०२० मा समाप्त भएको थियो।  त्यसपछि रुसले इरानलाई सुखोई एसयू-३५ किन्न प्रस्ताव गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ