arrow

यो साता मुलुकमा राजनीतिक तनाव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २९ सोमबार
president-election-nepal1.jpg
तस्बिर – फाइल ।

साप्ताहिक फल : २०७९ फागुन २९ देखि चैत ५ चन्द्रमा राशि २९ गते तुला राशिमा ३० गते वृश्चिक राशिमा २, ३ र ४ गते धनु राशिमा ५ गते मकर राशिमा

साताका यात्राका साइत २९ गते सोमबारः उत्तर शुभ, पूर्व अशुभ । ३० गते मंगलबारः पूर्व शुभ, उत्तर अशुभ । १ गते बुधबारः पूर्व र दक्षिण शुभ, उत्तर अशुभ । २ गते बिहीबारः पूर्व शुभ, दक्षिण अशुभ । ३ गते शुक्रबारः दक्षिण शुभ र पश्चिम अशुभ । ४ गते शनिबारः दक्षिण र पश्चिम शुभ, पूर्व अशुभ । ५ गते आइतबारः उत्तर शुभ, पश्चिम अशुभ ।

साताका राहुकाल (सबैभन्दा खराब समय) २९ गते सोमबारः बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म । ३० गते मंगलबारः दिनमा ३ः०० देखि ४ः३० बजेसम्म । १ गते बुधबारः मध्यान्ह १२ः०० देखि दिनमा १ः३० बजेसम्म । २ गते बिहीबारः दिनमा १ः३० देखि ३ः०० बजेसम्म । ३ गते शुक्रबारः बिहानमा १०ः३० देखि मध्यान्ह १२ः०० बजेसम्म । ४ गते शनिबारः बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म । ५ गते आइतबारः दिनमा ४ः३० देखि ६ः०० बजेसम्म ।

यो साताः मुलुकमा राजनीतिक तनावपूर्ण रहनेछ । धेरै भूभागमा वर्षाको सम्भावना देखिन्छ । यो साता सवारी दुर्घटनाको योग, महंगी वृद्धि हुने देखिन्छ ।

साप्ताहिक राशिफल :

मेष : यो साता उत्तम रहेको छ । नवम भावमा चन्द्रमाको गोचरबाट साताको शुरुवात भइ दशम र एकादश भावमा चन्द्रमा रहने हुनाले सामाजिक एवं आध्यात्मिक कार्यमा मन जानेछ । सामाजिक ईज्जत र प्रतिष्ठा बढ्नेछ । यो साता विशेष गरि व्यापार व्यवसायबाट आर्थिक अवस्था सबल रहने देखिन्छ । सामाजिक क्षेत्र बाट समेत साथ र सहयोग प्राप्त हुने देखिन्छ । व्यापार व्यवसायमा लगानी अनुसार प्रतिफल मिल्नेछ । मनमा जाँगर र उत्साह कायम रहनेछ । प्रेम तथा पारिवारिक जीवन राम्रो रहनेछ । जिम्मेवार भएर आफ्नो दायित्व पुरा गर्नु उत्तम हुनेछ । विद्यार्थीको पढाई पनि यो साता राम्रो रहनेछ । यो साताको शनिबार भने कमजोर दिन रहेका छ । मेष राशिका स्थायी कुराः तत्व अग्नि, गुणवत्ता अस्थिर, रंग गाढा रातो, दिन मंगलबार, राशिस्वामी मंगल, स्वभाव चञ्चलता र उग्र, संगत गर्ने योग्य राशि सिंह र धनु, भाग्य अंक १ र ८ ।

वृष : यो साता मिश्रित रहनेछ । साताको शुरुमा चन्द्रमाको गोचर आठौं भावमा रहने हुनाले स्वास्थ्य कमजोर हुने, खर्च बढ्ने एवं अनावश्यक विवाद आईलाग्न सक्नेछ । आफ्ना बिरोधीहरुले समस्या उत्पन्न गर्न सक्छन् । व्यापार व्यवसायमा विभिन्न उतारचढावहरु देखिन सक्नेछ । तर मंगलबारदेखि भने दिनहरु शुभ रहनेछन् । प्रेम तथा पारिवारिक जीवन सकारात्मक रहनेछ । नोकरी तथा व्यवसायको क्षेत्र राम्रो भएर अगाडि बढ्नेछ । राम्रो आर्थिक लाभको अवसरहरु पनि प्राप्त हुनेछन् । धेरै समय रोकिएका कामहरु बन्नेछन् । प्रेम जीवन सुखद् रहनेछ । विद्यार्थीले पढाईबाट राम्रो नतिजा प्राप्त गर्न सक्छन् । वृष राशिका स्थायी कुराः तत्व पृथ्वी, गुणवत्ता स्थिर, रंग नीलो, दिन शुक्रवार र सोमबार, राशिस्वामी शुक्र, स्वभाव शान्त एवं एकदम उग्र । संगत गर्ने योग्य राशि कन्या र मकर, भाग्य अंक ४, १०, ११ र १२ ।

मिथुन : यो साताको शुरुमा सप्तम भावमा चन्द्रमाको गोचर रहने हुनाले सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा बढ्नेछ । आर्थिक अवस्था सबल रहनेछ । व्यापार व्यवसायबाट नाफा आर्जन हुनेछ । आफ्ना दाजुभाईको तथा आफन्तको सहयोग प्राप्त हुनेछ । रमाइलो यात्रा हुन सक्छ । परिवारमा मेलमिलाप र एकता कायम हुनेछ । आफ्नो जीवन साथीबाट उचित सहयोग मिल्नेछ । पढाई कमजोर हुन सक्ने देखिन्छ त्यसकारण विद्यार्थीले पढाईमा ध्यान दिनु आवश्यक छ । तपाइँले गरिरहेको काममा निकै तनाव उत्पन्न हुनेछ । टाढाको यात्रामा पनि दुःख पाउन सकिनेछ । मंगलबार र बुधबार भने तुलनात्मक रुपमा कमजोर दिन रहेका छन् । मिथुन राशिका स्थायी कुराः तत्व वायु, गुणवत्ता द्विस्वभाव, रंग हरियो, दिन बुधवार, राशिस्वामी बुध, संगत गर्ने योग्य राशि तुला, कुम्भ, भाग्य अंकः ३ र ६ ।

कर्कट : यो साता शुभ रहेको छ । बोलीको प्रभाव बढ्नेछ । आर्थिक अवस्था सबल रहनेछ। साथीभाईको साथ र सहयोगले अप्ठ्यारा काम समेत बन्नेछन् । यो साता व्यापार व्यवसायमा सकारात्मक अवस्था रहनेछ । साताको मध्यभाग तिर केही उतार–चढाव आउन सक्नेछ । तर पनि साताको अन्त्यतिर भने आम्दानी बढ्नेछ । परिवारमा मेलमिलाप र शान्ति कायम हुनेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । विद्यार्थी वर्गका लागि पनि यो साता शुभ रहेको छ । यो साताको तुलनात्मक रुपमा बिहीबार र शुक्रबार कमजोर दिन रहेका छन् । पारिवारिक समस्या देखिनेछ, अरुको बोलीमा विश्वास नगर्नुहोला । झुठा आरोप आइलाग्न सक्छन् । सवारी चलाउँदा चोटपटक तथा दुर्घटना हुन सक्छ, सचेत रहनुहोला । कर्कट राशिका स्थायी कुराः तत्व जल, गुणवत्ता मूल, रंग सेतो, दिन सोमवार र बिहीवार, राशिस्वामी चन्द्र, संगत गर्ने योग्य राशि वृश्चिक र मीन, भाग्य अंक ४ ।

सिंह : यो साता शुभ रहेको छ । साताको शुरुवातमा चन्द्रमाको गोचर पञ्चम भावमा रहने हुनाले तपाईको बौद्धिक क्रियाकलापमा मन जानेछ भने तपाईको सिर्जनात्मक क्षमताको कदर हुनेछ । आर्थिक अवस्था सकारात्मक रहनेछ । व्यापार व्यवसायबाट पनि उचित लाभ मिल्नेछ । विशेष गरि कृषि तथा पशुजन्य वस्तुको व्यापार व्यवसायबाट सोचे अनुरुप लाभ मिल्नेछ । नोकरी गर्ने हरुका लागि पनि शुभ समय रहने देखिन्छ । सन्तानबाट सुख प्राप्त हुनेछ । त्यसैगरि धनको बचत हुनेछ । विद्यार्थीको पढाईका लागि यो उत्तम साता रहेको छ । प्रेम तथा पारिवारिक जीवन पनि सुखद् रहनेछ । व्यवसायमा गरिएको लगानीले पिरोल्ने सम्भावना छ । बुधबार मुद्दा मामिला तपाइँका पक्षमा आउने योग देखिन्छ । सिंह राशिको स्थायी कुराः तत्व अग्नि, गुणवत्ता स्थिर, रंग हल्का रातो, दिन रविवार, राशिस्वामी सूर्य, संगत गर्ने योग्य राशि मेष र धनु, भाग्य अंक ५ ।

कन्या : यो साता मिश्रित रहने देखिन्छ । साताको शुरुमा चन्द्रमाको गोचर चतुर्थ भावमा रहने हुनाले पारिवारिक समस्या, अनावश्यक झण्झट एवं कार्यमा वाधा आउन सक्नेछ । तर मंगलबारदेखि भने अवस्था सकारात्मक हुँदै जानेछ। मिष्ठान्न भोजन प्राप्त हुनेछ । साथीभाईसँग रमाईला पलहरु व्यतित हुनेछन् । नोकरीमा सफलता मिल्नेछ । सहकर्मी साथीबाट सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसायबाट उचित लाभ मिल्नेछ । पारिवारिक जीवन सुखद रहने छ । यो साता प्रेम सम्बन्ध सुमधुर रहनेछ । एक आपसमा विश्वास बढ्नेछ भने आपसी समझदारी कायम रहनेछ । अध्ययन कार्यमा मन जानेछ । प्रतिस्पर्धीलाई चुनौती दिन सक्नुहुनेछ । बिहीबार र शुक्रबार फेरि राम्रो भए पनि शनिबार शुभ छैन । कन्या राशिका स्थायी कुराः तत्व पृथ्वी, गुणवत्ता द्विस्वभाव, रंग हरियो, दिन बुधवार, राशिस्वामी बुध, संगत गर्ने योग्य राशि वृष र मकर, भाग्य अंक ३ र ६ ।

तुला : यो साता तृतीय भावमा चन्द्रमाको गोचर रहने हुनाले साहस तथा पराक्रम बढ्नेछ। आफ्ना साथीभाईबाट महत्वपुर्ण सहयोग मिल्नेछ । व्यापार व्यवसायमा विस्तार हुनेछ । आम्दानीका क्षेत्रहरु बढ्दै जानेछन् । नोकरी गर्नेहरुका लागि पनि सकारात्मक रहनेछ । नोकरी गर्नेहरुका लागि नयाँ काम सिक्न पाईने अवसर हुनेछ । प्रेम तथा पारिवारिक जीवन सुखद् रहनेछ । आफ्नो प्रेमीको हरेक सुख दुःखमा साथ र सहयोग प्राप्त हुनेछ । विद्यार्थीको पढाई सकारात्मक रहनेछ मंगलबार र बुधबार तुलनात्मक रुपमा कमजोर दिन रहेका छन्। पारिवारिक सम्बन्ध मजबुत देखिनेछ । अध्ययन अध्यापनमा रुची बढ्ने छ । अभिभावकको आशीर्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फल प्राप्ति अवश्य हुनेछ । तुला राशिका स्थायी कुराः तत्व वायु, गुणवत्ता अस्थिर, रंग नीलो, दिन शुक्रबार, राशिस्वामी शुक्र, संगत गर्ने योग्य राशि मिथुन र कुम्भ, भाग्य अंक २ र ७ ।

वृश्चिक : यो साता शुभ रहेको छ । धन स्थानमा चन्द्रमाको गोचरबाट साताको शुरुवात हुने हुनाले तपाई बोलीको प्रभाव बढ्ने छ । सिर्जनात्मक एवं अभिव्यक्ति क्षमता बढनाले महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट उचित लाभ हुनेछ । आफ्ना दाजुभाईको सहयोगबाट व्यापार व्यवसायमा सफलता मिल्नेछ । विद्यार्थीको पढाईमा मन जानेछ । परिवारमा मेलमिलाप र शान्ति बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । बिहीबार र शुक्रबार भने तुलनात्मक रुपमा कमजोर दिनहरु देखिएका छन् । सुनौलो रंगलाई पछ्याउँदा अपेक्षा गरेभन्दा छिटो सफलता हात पर्नेछ । मनमा शान्ति मिल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा सफलता मिल्नेछ । वृश्चिक राशिका स्थायी कुराः तत्व जल, गुणवत्ता स्थिर, रंग रातो, दिन मंगलवार, राशिस्वामी मंगल, संगत गर्ने योग्य राशि कर्क र मीन, भाग्य अंक १ र ८ ।

धनु : यो साता शुभ रहेको छ । साताको शुरुवातमा चन्द्रमाको प्रभाव प्रथम भावमा रहने हुनाले मान प्रतिष्ठा बढ्नेछ । मन प्रफुल्ल रहनेछ भने विभिन्न रमाइला कार्यक्रममा सरिक हुने अवसर जुट्नेछ । त्यसैगरि आत्मविश्वास उच्च हुनेछ भने तपाईको विचारको सर्वत्र प्रशंसा हुनेछ । आर्थिक अवस्था सबल रहनेछ । व्यापार व्यवसायबाट उचित मुनामा आर्जन हुनेछ । नोकरीमा तपाईको कार्यको उचित कदर हुनेछ । आफ्ना दाजुभाई तथा परिवारका अन्य सदस्य सँग सल्लाह लिएर कार्य गर्नु उत्तम हुनेछ । अप्ठ्यारो अवस्थामा परिवारको साथ र सहयोग प्राप्त हुनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । प्रेम सम्बन्धमा सामान्य मनमुटावहरु देखिए पनि ठुलो समस्या हुने छैन । तपाईले गरेको मेहनतको प्रतिफल अर्कैका लागि हुने देखिन्छ । पारिवारिक खटपटको अवस्थासमेत सिर्जना हुने देखिन्छ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ, सचेत रहनुहोला । धनु राशिका स्थायी कुराः तत्व अग्नि, गुणवत्त द्विस्वभाव, रंग पहेलो, दिन बिहीबार, राशि वामी बृहस्पति, संगत गर्ने योग्य राशि मेष र सिंह, भाग्य अंक ९ र १२ ।

मकर : यो साता सोमबार र आइतबार अनावश्यक यात्रा हुने, धन खर्च हुने एवं चिन्ता बढ्ने देखिन्छ । तर मंगलबार देखि भने अवस्थामा सुधार हुनेछ । तपाईको परिश्रम को उचित मूल्य प्राप्त हुनेछ । धन आर्जन हुनेछ । शत्रु पराजित हुनेछन भने स्वास्थ्य अवस्था पनि यो साता सबल रहनेछ । मंगलबार र बुधबार तपाईका लागि विशेष दिन रहेका छन् । यो साता प्रेम तथा पारिवारिक सम्बन्ध पनि सुमधुर रहनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । विद्यार्थी वर्गका लागि पनि यो साता उत्तम रहेको छ । पहिलेदेखिको योजना कार्यान्वनयमा ढिलाइ गर्नाले पछि परिनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । भविष्यका निम्ति ठोस निर्णय गर्न पारिवारिक मत मिल्नेछ । मकर राशिका स्थायी कुराः तत्व पृथ्वी, गुणवत्ता अस्थिर, रंग कालो, दिनः शनिवार, राशिस्वामी शनि, संगत गर्ने योग्य राशि वृष र कन्या, भाग्य अंक १ र २ ।

कुम्भ : यो साताको शुरुवातको दिन आइतबार र सोमबार लाभ स्थानमा चन्द्रमाको गोचर रहने हुनाले व्यापार व्यवसायबाट प्रशस्त धन आर्जन हुनेछ । आफ्ना दाजुभाईबाट सहयोग प्राप्त हुनेछ । आम्दानी बढनेछ । मंगलबार र बुधबार भने बिना प्रयोजनका यात्राहरु हुन सक्नेछन् । अचानक खर्चको मात्रा पनि बढ्न सक्नेछ । तर बिहिबार देखि भने चन्द्रमाको गोचर प्रथम भावमा रहने हुनाले दिनहरु शुभ रहनेछन् । परिवारमा मेलमिलाप कायम हुनेछ । प्रेम सम्बन्ध पनि यो साता सुमधुर रहनेछ । विद्यार्थीका लागि हेर्दा सकारात्मक समय रहनेछ । बिहीबार उत्तम दिन भएको हुँदा शुभ कार्यमा हात हाल्दा राम्रो सोमबारबाट थालनी गरेपछि नराम्रो देखिँदैन । बाहिर खानु अघि विचार गर्नुहोला किनकी स्वास्थ्यमा समस्या आउन सक्छ । कुम्भ राशिका स्थायी कुराः तत्व वायु, गुणवत्ता स्थिर, रंग कालो, दिन शनिवार, राशिस्वामी शनि, संगत गर्ने योग्य राशि मिथुन र तुला, भाग्य अंक २ र १ ।

मीन : यो साताको शुरुमा चन्द्रमाको गोचर दशम भावमा रहने हुनाले यो साता उपलब्धि मुलक हुने देखिन्छ । नोकरी एवं व्यापार व्यवसायमा सफलता मिल्ने देखिन्छ । साझेदारीका कार्यबाट उचित मुनाफा आर्जन हुनेछ । सामाजिक कार्यमा सरिक भइनेछ । आध्यात्मिक कार्यबाट मन प्रशन्न रहनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । कार्य स्थलमा सहयोगी वातावरण प्राप्त हुनेछ । प्रेम तथा पारिवारिक जीवन सुमधुर रहनेछ । विद्यार्थीका लागि अनुकुल रहेको छ तपाईको परिश्रमको राम्रो परिणाम प्राप्त हुनेछ । यो साताको बिहीबार र शुक्रबार भने खर्च बढ्न सक्ने, स्वास्थ्यमा समस्या आउन सक्ने, अनावश्यक विवादमा फस्न सकिने रहेकाले ध्यान दिनुपर्ने रहेको छ । अध्ययन अध्यापनमा रुची बढ्ने छ । स्वास्थ्यमा गडबढी आउने देखिन्छ । तपाईको मेहनतको प्रतिफल अरुले नै लिने योग देखिन्छ । मीन राशिका स्थायी कुराः तत्व जल, गुणवत्ता द्विस्वभाव, रंग पहेलो, दिन गुरुवार, राशिस्वामी गुरु, संगत गर्ने योग्य राशि कर्क र वृश्चिक, भाग्य अंक ९ र १२ । (नोटः यो राशिफल चन्द्रमाको दैनिक गति अनुसार लेखिएको हो । मनुष्यको जीवनलाई जन्मकुण्डलीमा भएका विभिन्न शुभ, अशुभ ग्रह र तिनीहरूका दशाले प्रभावित गर्दछ ।)

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ