arrow

नाटु-नाटुले पायो ओस्कर अवार्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २९ सोमबार
ntr-rrr.jpg

काठमाडौं । भारतीय चलचित्र ‘आरआरआर’को गीत ले ओस्कर अवार्डमा उपाधि पाएको छ ।

 एस एस राजामौलीद्वारा निर्देशित फिल्मको 'नाटु नाटु' गीतले ९५ औं संस्करणको ओस्कर अवार्डमा ओरिजिनल सङको उपाधि पाएको हो ।

जुनियर एनटीआर र रामचरण अभिनय रहेको चलचित्रको यो गीत विश्वभर मन पराइएको थियो । चन्द्रबोशको शब्द रहेको तेलुगु भाषाको यस गीतको कम्पोज भने एमएम कीरवणीले गरेका हुन् । त्यस्तै यस गीतमा राहुल सिपलीगन्ज र काल भैरवले  स्वर दिएका छन् ।

ओस्करमा  राहुल सिपलीगन्ज र काल भैरवले ले गीत नटु–नाटुमा लाइभ प्रस्तुति दिएका थिए । प्रस्तुति सुरु हुनासाथ दर्शकहरूले उभिएर ताली बजाएका थिए । लस एन्जलसमा आयोजना भएको यस अवार्ड शोमा हलिउडदेखि बलिउडसम्मका धेरै स्टार पुगेका थिए ।

यसअघि 'नाटु-नाटु' गीतले गोल्डेन ग्लोबको ८०औं संस्करणमा 'नाटु-नाटु' गीतले 'बेस्ट ओरिजिनलन संग मोसन पिक्चर' को अवार्ड हात पारेको थियो ।

यस वर्ष दीपिका पादुकोण प्रस्तोताको रूपमा कार्यक्रममा सहभागी भएकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ