arrow

पीएनजीलाई हराउन नेपाल मात्र ९६ रनको चुनौती पछ्याउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २९ सोमबार
nepal-png-11.jpg

काठमाडौं । एक दिवसीय मान्यतालाई सुरक्षित राखिसकेको नेपालले राजधानीमा जारी आईसीसी विश्वकप लिग २ मा त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखलाको दोस्रो अन्तिम खेल जितका लागि सहज चुनौती पछ्याउँदेछ । नेपालले पपुवा न्युगिनी पीएनजीलाई ९५ रनमा रोक्दै मात्र ९६ रनको चुनौती पाएको हो । 

त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा पीएनजीले टस हारेर पहिले ब्याटिङ गर्र्दै ३२ ओभरमा अलआउट हुँदै ९५ रन बनायो । कप्तान असाद भालाले सर्वाधिक २० रन जोडे । 

नेपालका लागि सन्दीप लामिछानेले ५, ललितनारायण राजवंशी र कुशल मल्लले २–२ तथा सोमपाल कामीले १ विकेट लिए । 

नेपालले निरन्तर जितको यात्रालाई अगाडि बढाइरहँदा लगातार तेस्रो जित हासिल गरेको पीएनजीमाथि पनि आज जित निकाल्दै विश्वकप छनोट सिधै खेल्ने योजनामा हुनेछ । 

यसअघि हिजो भएको खेलमा यूएईमाथि १७७ रनको जित निकाल्दै नेपालले एक दिवसीय मान्यतालाई सुरक्षित गरेको थियो । अब पीएनजी र फेरि यूएईलाई हराउँदा नेपाल जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउने छ । 

सात टोली सहभागी विश्वकप लिग २ बाट शीर्ष तीन टिमले विश्वकप छनोट सिधै खेल्न पाउँछन् । शीर्ष दुईमा रहेर लिग सकाएका च्याम्पियन स्कटल्याण्ड र उपविजेता ओमानपछि तेस्रो टोलीको टुंगो लाग्न बाँकी छ । 

नेपाल पराजित हुनासाथ ३९ अंकको नामिबियाले अवसर पाउने छ । तर नेपाल दुवै खेलमा विजयी हुँदा ४० अंकसहित नेपाल छनोट हुनेछ । 

अहिलेसम्म स्कटल्याण्ड ५० अंकसहित च्याम्पियन भइसकेको छ । ओमान ४४ अंकबाट दोस्रो स्थानमा छ । तेस्रो स्थानको नामिबियाको ३९ अंक छ । चौथो स्थानको नेपालको ३४ खेलबाट ३६ अंक छ । सबै खेल खेलेको अमेरिकाको ३५ अंक छ । 

३४ खेलबाट ३१ अंकको यूएई छैटौं स्थानमा छ । ३४ खेलबाट ११ अंकको पीएनजी पुछारमा छ । 

नेपाल बाँकी दुई खेल जितेमा ४० अंकसहित तेस्रो स्थानमा पुग्नेछ । यूएईले भने एक दिवसीय मान्यता जोगाउने सम्भावना कम भएको छ । 

सातमध्ये शीर्ष तीनमा रहने टिमले सिधै विश्वकप छनोट खेल्न पाउने छन् । शीर्ष पाँच टिमको एक दिवसीय वरियता कायम रहने छ । पुछारका दुई टिमले एक दिवसीय मान्यता गुमाउने छन् । 

अहिलेसम्म पीएनजीले एक दिवसीय मान्यता गुमाएको छ भने अमेरिका र यूएईमध्ये एक टिमले उक्त मान्यता गुमाउने छन् । 

बाँकी खेलहरु–
यूएई र पीएनजी बुधबार ।
नेपाल र यूएई बिहीबार । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ