arrow

शीतल निवास छाडिन् विद्याले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २९ सोमबार
sital-niwas-new-pic.jpg.jpeg

काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवास छोडेकी छन् । राष्ट्रपतिको कार्यकाल सकिएकीसँगै निवर्तमान राष्ट्रपति भण्डारीले शीतल निवास छोडेकी हुन् । 

सोमवार नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहणमा सहभागी भएर भण्डारी बुढानीलकण्ठ प्रस्थान गरेकी छन् । 

भण्डारी शीतल निवासबाट बुढानीलकण्ठ-२ चपलीस्थित निजी निवासमा बस्ने भएकी छन् । त्यससँगै निवर्तमान राष्ट्रपतिका लागि निजी निवासमा सुरक्षाको व्यवस्था मिलाइएको छ ।

भण्डारी दुई कार्यकाल राष्ट्रपति बनेर शीतल निवासमा रहेकी थिइन् । उनी २०७२ साल कात्तिक ११ गते पहिलो पटक र २०७४ साल फागुन २९ गते पुनः दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ