- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आईएमई पेले आफ्नो सेवाग्राहीलाई आईएमई पे मोबाइल वालेटमार्फत गरिने रिचार्जमा पाँच प्रतिशत क्यासब्याकको अफर कायम राखेको जनाएको छ ।
टप अपमा पाँच प्रतिशत क्यासब्याक पाउने अफरबाट धेरै सेवाग्राहीलाई फाइदा पुगेको विश्वासका आधारमा यो अफरलाई यथावत् राखिएको कम्पनीले जनाएको छ ।
यो अफरले वित्तीय साक्षरता अभिवृद्विमा महत्त्वपूर्ण भूमिका खेल्दै डिजिटल कारोबारमा आमसेवाग्राहीलाई अभ्यस्त बनाउने विश्वास लिइएको कम्पनीले जनाएको छ ।
आमसेवाग्राहीले दुई हजार रुपैयाँ रिचार्ज गर्दा १००, एक हजार रुपैयाँ गर्दा ५० र १०० रिजार्ज गर्दा पाँच रुपैयाँ क्यासब्याकका साथै हरेक रिचार्जमा पाँच प्रतिशतसम्म प्राप्त हुने आईएमई पेले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।