arrow

नगरकोटमा नेवा र नेपालीपन मिश्रित 'तायो इको रिसोर्ट'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३० मंगलबार
tayo-eco-resort.jpg

काठमाडौं । काठमाडौं उपत्यका नजिकैको आकर्षक पर्यटकीय स्थल नगरकोटमा परम्परागत नेपाली एवं नेवारी स्वाद र संस्कृति झल्काउने 'लक्जरी' रिसोर्ट 'तायो इको  रिसोर्ट ' (tayoecoresort) सञ्चालनमा आएको छ। करिब ३० रोपनी जग्गामा फैलिएको ठूलो सम्पूर्ण सुविधा सम्पन्न तायो इको रिसोर्ट गत डिसेम्बर ३० तारिखदेखि सञ्चालनमा आएको हो।

रिसोर्टको भित्रि र बाहिरी डिजाइन पनि नेपालीपन झल्काउने किसिमले डिजाइन गरिएको रिसोर्टका महाप्रबन्धक रमेश पन्तले बताएका छन्। यो होटेल एवं रिसोर्ट व्यवस्थापनको नेतृत्व प्रमुख कार्यकारी अधिकृत सचिन प्रधान र महाप्रबन्धक पन्तले गरिरहेका छन् ।

रिसोर्टको नाम 'तायो' को अर्थ नै पनि जीवत देवी मानिने 'कुमारी' को सबैभन्दा महत्वपूर्ण गहना अथवा 'लकेट' रहेको पन्तले बताए।

यस्तै रिसोर्टलाई इको अथवा वातावरण एवं प्रकृतिमैत्री बनाउन पनि उत्तिकै काम गरिएको उनले बताए । रिसोर्ट भवनका भित्ताहरु 'क्याभिटी' भित्ता भएको उनले बताए ।

क्याभिटी भित्ताहरु भनेको दुई लेयरले बनेको हुन्छ र यी दुवै भित्ताको लेयरबीचमा ग्याप हुन्छ । यसो हुँदा बाहिर चिसो, गर्मी भए पनि भित्रको तापक्रम सन्तुलित राख्न मद्दत हुन्छ।

यस्तै रिसोर्टका सबै कोठाहरुमा मुहानकै पानी पुर्याइएको छ। रिसोर्टको बगैँचामा पनि आकाशको पानीलाई संकलन गरेर प्रयोग गर्ने गरिएको र पानी तताउन र अन्य कुराहरुका लागि सौर्य उर्जा प्रयोग गरिएको उनले बताएका छन् ।

रिसोर्टमा फलाम, स्टिलको ठाउँमा पूरै काठ मात्रै बढी प्रयोग गरिएको छ । रिसोर्टमा आउटडोर जाकुजी, स्वीमिंग पुल, स्पालगायतको सुविधासमेत रहेको छ। यस्तै रिसोर्टमा बालबालिका र वयष्क दुवैका लागि प्लेग्राउण्ड र विभिन्न खेल मैदानसमेत रहेको छ ।

कन्फरेन्स हल, आउटडोर एक्टभिटिज योगा एवं आध्यात्मिक क्रियाकलापका लागि छुट्टै बगैँचा सहितका सुविधा रहेको तायो इको रिसोर्ट नगरकोटको शान्ति डाँडामा अवस्थित छ।

यहाँबाट काठमाडौं उपत्यका र हिमाल दुवैतर्फको मनोरम दृष्यावलोकनसमेत गर्न सकिने पन्तले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ