arrow

आमिर खानको ५८ औँ जन्मदिन : ५० वर्ष पुग्यो फिल्मी करियर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३० मंगलबार
aamir-khan-birthday.jpeg

काठमाडौं । आज बलिउड अभिनेता आमिर खानको ५८ औँ जन्मदिन हो । उनको फिल्मी करियर पनि ५० वर्ष पुगेको छ । 

आमिरले आफ्नो अभिनय करियर आठ वर्षको हुँदा सुरु गरेका थिए । उनी आफ्ना काका नासिर खानको फिल्म यादों की बारातमा बाल कलाकारको रूपमा देखा परेका थिए।  काका नासिरले उनीमा रहेको अभिनयलाई रुचाएर उनलाई आफ्नो फिल्मबाट ब्रेक दिएका थिए।

आमिरले फिल्म ‘कयामत से कयामत तक’ बाट अभिनेताको रूपमा डेब्यु गरेका थिए । यस फिल्ममा आमिर र जुहीको अभिनयलाई निकै रुचाइएको थियो, त्यसपछि उनीहरूलाई धेरै फिल्मको अफर आएको थियो ।

कयामत से कयामत तकदेखि लाल सिंह चड्ढासम्म आमिरले ५० वटा फिल्म गरेका छन् । उनको जीवन निकै रोचक रह्यो । आमिरले आफ्नो पहिलो फिल्मको अडिसन दिँदा टाउको खौरेका थिए। फिल्म गुलामको क्लाइमेक्सका लागि उनले १२ दिनसम्म नुहाइ बसेका थिए  ।

आमिरले हालसम्म ५६ देखि ६० वटा फिल्म गरिसकेका छन् । मिडिया रिपोर्टका अनुसार आमिरले एउटा फिल्मका लागि ८० देखि ९६ करोड रुपैयाँसम्म पारिश्रमिक लिन्छन् । 

आमिरसँग आज २ हजार ४८८ करोड नेपाली रुपैयाँको सम्पत्ति छ। आमिरले वार्षिक १९२ करोड  कमाउँछन्।  आमिर खानको मुम्बईको पोश क्षेत्रमा एउटा विलासी सी फेसिङ अपार्टमेन्ट छ। ५ हजार स्क्वायर फिटको यो विशाल घर दुई तल्लामा फैलिएको छ । आमिरले यो घर सन् २००९ मा १८ करोड भारुमा किनेका थिए । आज यसको मूल्य ६० करोड भारु छ।

यसबाहेक आमिर खानको मुम्बईका अन्य पोश क्षेत्रमा पनि फ्ल्याट छन् । मरीनामा दुई वटा फ्ल्याट र बेला भिस्टा, पाली हिल, बान्द्रामा एउटा फ्ल्याट छन्। मुम्बईमा सम्पत्तिबाहेक आमिर खानको उत्तर प्रदेशको शाहाबादमा २२ वटा घर छन्। यी घरहरू आमिर खानको पैतृक सम्पत्ति हुन् र उनले यी सम्पत्तिहरूका लागि खरिदकर्ता खोजिरहेका आफ्ना काकाबाट किनेका थिए। 

चार वटा राष्ट्रिय फिल्म पुरस्कार, आठ फिल्म फेयर अवार्डबाट सम्मानित भएका आमिरलाई भारत सरकारले सन् २००३ मा पद्मश्री र २०१० मा पद्म भूषणबाट पनि सम्मानित गरिसकेको छ।

आमिर खानलाई खेलकुद निकै मन पर्छ । उनको मन पर्ने खेलहरू टेनिस र चेस हुन्।  आमिर १२–१४ वर्षमुनिको टेनिसमा राज्य स्तरीय च्याम्पियन भइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ