arrow

आईएसको मासिक कमाई आठ करोड डलर

logo
प्रकाशित २०७२ मंसिर २२ मंगलबार
IS.jpg.jpeg
लण्डन । ब्रिटेनको एक आर्थिक संस्थाको प्रतिवेदनले चरमपन्थी संगठन इस्लामिक स्टेटलाई हरेक महिना करिब आठ करोड डलर अर्थात ५ सय ३० करोड रुपैयाँको आम्दानी हुने गरेको खुलासा गरेको छ । आईएचएस इंक नामक संस्थाले आईएसको आधा आम्दानी उसको कब्जामा रहेको इलाकाबाट असुल्ने कर र जफ गरिएको सम्पत्तिबाट मिल्छ भने बाँकी रकम तेलको व्यापारबाट मिल्दछ । 

आईएसलाई तेल व्यापारबाट ४३ प्रतिशत र बाँकी आम्दानी नशालु पदार्थको तस्करी, पुरातन बस्तुको तस्करी, आपराधिक गतिविधि र चन्दबाट प्राप्त हुने गरेको छ ।  प्रतिवेदनका अनुसार आईएसलाई विदेशी स्रोतबाट निकै कम मात्र आर्थिक सहयोग मिल्ने गरेको छ । 

पेरिस हमला पछि आईएसलाई मिल्नेवाला आर्थिक सहयोगलाई कडाई गर्ने कुरामा उसलाई सहयोग गर्दै आएका अन्य देशहरुले रणनीति बनाएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ