arrow

गण्डकीका मुख्यमन्त्रीले भने - तीन-तीन महिनामा सरकार फेरिनु दुर्भाग्यपूर्ण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३० मंगलबार
khagraj-adhikari-gandaki.jpg

काठमाडौं ।  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले तीन-तीन महिनामा सरकार फेरिए दुर्भाग्यपूर्ण विषय हुने बताएका छन् । 

राष्ट्रपति निर्वाचनमा नयाँ समीकरण बनेसँगै नेकपा (एमाले) का स्थायी कमिटी सदस्य रहेका अधिकारीले यस्तो धारणा राखेका हुन् ।  

माओवादी केन्द्र र अन्य दलसँग मिलेर अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका थिए ।

राष्ट्रपति निर्वाचनपछि  माओवादी केन्द्र नेपाली कांग्रेस लागतका दलको सत्ता समीकरण बनेपछि प्रदेशबाट एमालेले पाएको मुख्यमन्त्री पद जाने देखिन्छ ।

 दलको नीति, सिद्धान्त, विचार, पहिचान र चुनाव चिह्नसमेतलाई तिलाञ्जलि दिएर चुनावमा होमिनु भनेको अवसरवादलाई व्यापक र व्याप्त बनाउने कार्य भएको जनाउँदै मुख्यमन्त्री अधिकारीले यस्ता नकारात्मक पक्षलाई तुरुन्त सच्याउन आवश्यक रहेको बताए ।

अधिकारीले भने, “प्रदेशको औचित्यमाथि गम्भीर प्रश्न उठेका बेला तीन-तीन महिनामा सरकार फेर्ने हो भने यसको सान्दर्भिकतामाथि प्रश्न चिह्न खडा हुन्छ, यो दुर्भाग्यपूर्ण विषय हो ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ