arrow

पाथीभरामा गोठालाका भेँडा हराएपछि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १ बुधबार
Pathibhara--devi.jpg.jpeg

काठमाडौं ।  ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा देवीको उत्पत्तिबारे एउटा किंम्वदन्ती छ । किंम्वदन्तीअनुसार परापूर्वकालमा एउटा भेँडीगोठ थियो । भेडाको सङ्ख्या हजारौँ भएकाले गोठालाहरू पनि थुप्रै थिए । 

भेँडीगोठलाई विभिन्न खर्क (चरन क्षेत्र) मा सार्दै लैजाने क्रममा गोठालाहरूले मन्दिर रहेको क्षेत्रमा पुर्‍याए । जुन बेला त्यहाँ देवी अवस्थित रहेको भन्ने गोठालाहरूलाई थाहा थिएन । पाथीभराको शिरमा भेँडी गोठ लिएर पुगेका गोठालाहरू गोठ बनाएर बास बसे । भोलिपल्ट बिहान उठेर हेर्दा गोठालाले एउटा पनि भेडा देखेनन् । साँझ जम्मा भएका भेँडा एकाएक हराएको पाएपछि गोठालाहरू अचम्ममा परे । उनीहरूले दिनभर भेडा खोजी गरे तर कुनै अत्तोपत्तो पाएनन् । 

दिनभर जङ्गल घुमेर खोजी गर्दा नभेटेपछि साँझ निराश हुँदै बासस्थानतर्फ फर्किएर सुते । राति सपनामा सबै गोठालाहरू मध्येका एकले साक्षात कालीको रूप देखेछन् । सपनामै ती देवीले ‘तिमीहरू नआत्तिनु, मलाई भेडाको बलि दिनु, हराएका तिम्रा भेडा पाउने छौ र तिम्रो मनोकामना पनि पूरा हुनेछ’ भनिन् । देवीको यस्तो कुरा सुनेपछि गोठालाले पनि ‘हुन्छ, म तपाईंले भनेबमोजिम गर्छु’ भनेछ । त्यतिकैमा ती गोठाला निन्द्राबाट बिउँझिए । यसो हेर्दा आफ्ना हराएका सबै भेडा देखे । त्यसपछि गोठालाले भेडाको बलि दिएर त्यहाँ पूजामंगलबारा गरी अन्यत्रै गोठ सारे । 

यसरी भएको घटना जताजतै फैलियो । त्यहाँ मानिसहरू पूजामंगलबारा गर्नका लागि जान थाले । गोठालालाई सपनामा देवीले भेडाको बलि दिनु भनेर भनेकाले सबैले बलि दिएर पूजामंगलबारा गर्न थाले । महाकाली, भद्रकाली, सिद्धकाली, स्वेतकाली र रक्तकाली यी पाँच वटा रूप भएकी देवी भएकाले पञ्चकन्या भगवती देवीको रूपमा मान्ने गरिएको छ । 

पाथीभरामा बडादशैँ तथा नवरात्रको समयमा विशेष पूजामंगलबारासहित बलि चढाउने परम्परा छ । पाथीभरा देवीले भक्तजनले चढाएको बलि स्नेहपूर्वक लिने जनविश्वास रहिआएको छ । तर दर्शनार्थीले बलि नै चढाउनुपर्छ भन्ने अनिवार्य छैन । पाथीभरामा यसरी पूजा गर्नु पर्छ भन्ने लिखित पद्धति पनि छैन । मौखिक आधारमा नै चलेको छ । चलिआएका दुई प्रकारका पद्धति छन् । भगवतीको पूजा गरेर चण्डी पाठ गर्ने, हवन गर्ने शास्त्रीय पद्धति र बलि दिएर पूजा गर्ने पद्धति चलिआएको पाइन्छ । पाथीभराको महत्त्व र पाथीभराप्रति राखिने आस्था र विश्वास वर्षौं पहिले जस्तो थियो अहिले पनि उत्तिकै छ ।

पाथीभराको दर्शनको सिजन मानिने (बडादशैँ, रामनवमी) का समयमा कम्तीमा पाँच सयदेखि एक हजार पशुको बलि चढाउने गरिन्थ्यो । स्वदेश तथा विदेशबाट आएका तीर्थयात्रीले बलि चढाउन पशुपक्षी लिएर आउँथे । तर अहिले यो चलन क्रमशः घट्दै गएको छ । हिजोमंगलबार विरलै मात्र पशु बलि दिने गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ