arrow

अठारौं जी२० शिखर सम्मेलनको दोस्रो चरण आजदेखि अमृतसरमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १ बुधबार
g20-india-2023.png
तस्बिर – फाइल ।

अमृतसर । भारतमा जारी जी२० शिखर सम्मेलन अन्तर्गत दोस्रो चरणको बैठक आजदेखि अमृतसरमा हुँदैछ । दोस्रो चरणमा शिक्षा सम्बन्धी छलफल हुनेछ । 

शिक्षा कार्य समूह (ईडब्ल्यूजी) को बैठकको नेतृत्व केन्द्रीय शिक्षा मन्त्रालयले गर्न लागेको हो । यो सम्मेलन आजदेखि तीन दिनसम्म हुनेछ । 

सहभागी प्रतिनिधि राष्ट्र, आमन्त्रित राष्ट्र र विभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरु सहभागीताका लागि पुगिसकेका छन् ।  

पहिलो चरणको बैठक गत डिसेम्बर १३–१४ मा बैंगलरु र कर्नाटकमा अर्थमा आधारित भएर गरिएको थियो । 

आम आदमी पार्टीका राज्यसभा सांसद विक्रमजीत सिंह साहनीले १७ मार्चसम्म हुने उक्त अन्तर्राष्ट्रिय कार्यक्रमको आयोजना गर्न पाउँदा सिंगो पञ्जाब खुशी भएको बताएका छन् । उनले यो कार्यलाई पूर्ण रुपले सफल पार्न सक्षम रहेकोसमेत प्रतिक्रिया दिएका छन् । 

जनवरीको शुरुमै पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले मार्च र जुनमा अमृतसरमा हुने जी२० शिखर सम्मेलनको लागि विशेष प्रबन्ध गर्न निर्देशन दिएका थिए । 

अर्को चरण जुनको २२–२३ मा अमृतसरमै हुनेछ । 

यसअघि जी२० विदेश मन्त्रीहरूको बैठक गत बिहीबार नयाँ दिल्लीमा सम्पन्न भएको थियो । 

विकासोन्मुख देशहरू र विश्वव्यापी दक्षिण र जी२० देशहरूले आतङ्कवाद र भरपर्दो आपूर्ति श्रृंखला लगायत विश्वव्यापी आयातका अन्य मुद्दाहरूको बारेमा कुरा गर्ने नतिजा कागजातको साथ बैठकमा सम्पन्न भएको थियो ।

सन् २०२३ को जी२० सम्मेलनको अध्यक्षता भारतले गरिरहेको छ । भारतमा २०२३ भर विभिन्न चरणमा विभिन्न कार्यक्रम हुँदैछन् । 

यस अठारौं जी२० शिखर सम्मेलनको मुख्य बैठक आगामी सेप्टेम्बरको ९–१० तारिखमा दिल्लीमा आयोजना हुँदैछ । दिल्ली शिखर सम्मेलनमा सबै देशका प्रमुखहरु आउने बताइएको छ । 

जी२० समूहमा भारतसँगै चीन, अर्जेन्टिना, अष्ट्रेलिया, ब्रजिल, क्यानडा, फ्रान्स, जर्मनी, इन्डोनेसिया, इटाली, जापान, मेक्सिको, दक्षिण कोरिया, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्किए, बेलायत, अमेरिका, युरोपियन युनियन रहेका छन् । 

दिल्ली शिखर सम्मेलनमा भारत, इजिप्ट, मौरिसियस, नेदरल्याण्ड्स, नाइजेरिया, ओमान, सिंगापुर, स्पेन र यूएईका राष्ट्र प्रमुख आमन्त्रित छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ