arrow

कोरोनाका संक्रमित बढेको बढ्यै, सक्रिय पुगे १९ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १ बुधबार
corona-omicron-nepal.jpg

काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारीबाट संक्रमित हुने यो साता बढ्दो क्रममा रहेका छन् । केही दिनअघि एकैदिन सात जना संक्रमित पाइएकामा त्यसयता निरन्तर संक्रमितहरु थपिने क्रममा छन् । 

बुधबार चार जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १३३ जनाको पीसीआर परीक्षणबाट चार जना संक्रमित पाइएका हुन् । 

जम्मा २ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित बढेर १९ पुगेका छन् । 

कोरोना बढेसँगै खोप लगाउनेको संख्या बढ्दो क्रममा रहेको छ । बुधबार २२ हाजर ३२६ जनाले खोप लगाएका छन् । 

छिमेकी भारतमा कोरोना बढेसँगै खुला सीमाका कारण संक्रमण थप फैलने चिन्ता छाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ