arrow

नमूना मतपत्र सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १ बुधबार
Parliament_building-1619601493.png

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचन, २०७९ को मतपत्रको नमूना सार्वजनिक गरेको छ । उक्त निर्वाचनका लागि दुई प्रकारको मतपत्रको व्यवस्था गरिएको छ ।
 
सङ्घीय संसद्का सदस्यले मतदान गर्ने प्रयोजनका लागि रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ । 

मतपत्रमा उम्मेदवारको तस्बिर र नाम समावेश गरिएको छ । उपराष्ट्रपतिको निर्वाचनमा अष्टलक्ष्मी शाक्य (बोहरा), प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव गरी चार उम्मेदवार हुनुहुन्छ ।
 
सङ्घीय संसद् र प्रदेशसभाका सदस्यले मतपत्रमा रहेका कुनै एक उम्मेदवारको तस्बिर र नाम अङ्कित रहेको कोठामा स्वस्तिक छाप लगाई मत सङ्केत गर्नुपर्ने छ । 

उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहेका छन् । सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसा सदस्यको मतभार ४८ रहेको छ । यही चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ