arrow

पोखराको हिमालय आँखा अस्पताल अब्बल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २ बिहिबार
eye2.jpg

पोखरा । पोखराको हिमालय आँखा अस्पताल २९ वर्षअघि स्थापना भयो । विसं २०२९ फागुन १७ गते स्थापना भएदेखि नै यो अस्पताल आँखा नदेख्नेका लागि वरदान सावित हुँदै आएको छ । 

अस्पतालले यो अवधिसम्म ३१ हजार बढीको आँखाको सफल शल्यक्रिया गरिसकेको छ । सोही कारण पनि आँखा उपचारमा अब्बल सावित भएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित अस्पताल गत फागुन १७ गतेदेखि ३० औं वर्षमा प्रवेश गरेको छ । अहिलेसम्म अस्पतालबाट अहिलेसम्म ३१ हजार सात सय ४२ जनाको शल्यक्रिया गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा इलिया श्रेष्ठले जानकारी दिए । 

सोही अवधिमा २१ लाख ६१ हजार पाँच सय ५७ जनाको आँखा परीक्षण गरेको डाइरेक्टर डा श्रेष्ठले बताए । “यो अवधिमा विद्यालय आँखा जाँच कार्यक्रममा तीन लाख ९८ हजार सात सय २७ को आँखा जाँच गरिएको छ”, उनले भने, “११ हजार तीन सय २७ लाई निःशुल्क चश्मा वितरण पनि गरियो ।” विभिन्न स्थानमा गरिएको आँखा जाँच शिविरबाट आठ लाख ३७ हजार एक सय ५० लाभान्वित भएको उनले जानकारी दिए । 

अस्पतालले उत्कृष्ट सेवा दिन थालेपछि यस क्षेत्रका बिरामीको आँखाको उपचार पोखरामा मै सम्भव भएको नेपाल नेत्रज्योति सङ्घ कास्कीका अध्यक्ष कृष्णबहादुर गुरुङले बताए । जसले गर्दा समय र पैसाको बचत भएको अध्यक्ष गुरुङले बताए । आँखामा देखिने ९५ प्रतिशत समस्याको समाधान पोखराकै हिमालय आँखा अस्पतालमा हुन्छ । “अरु रोग लागे अन्यत्र जानुपरे पनि आँखाको उपचारमा पोखराले अन्यत्रकालाई निम्तो दिइरहेको छ”, अध्यक्ष गुरुङ भन्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ