arrow

राजपाल पुगे ५२ वर्ष

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २ बिहिबार
rajpal-yadav.jpg

काठमाडौं । भारतीय अभिनेता तथा कमेडियन राजपाल यादव आज आफ्नो ५२ औँ जन्मदिन मनाइरहेका छन् ।

राजपाल यादवको जन्म १६ मार्च १९७१ मा उत्तर प्रदेशको शाहजहानपुरमा भएको थियो । उनले दूरदर्शनको कार्यक्रम 'मुंगेरीलालका भाइ नौरंगी लाल'बाट आफ्नो करियर सुरु गरेका थिए। 

उनले फिल्म ‘दिल क्या करे’ बाट बलिउडमा डेब्यू गरेका थिए । त्यसपछि राजपाल ले जङ्गल’, ‘कम्पनी’, ‘कम किसी से कम नहीँ’, ‘हङ्गामा’, ‘मुझसे शादी करोगी’, ‘मे मेरी पत्नी और वो’, ‘अपना सपना मनी मनी’, ‘फिर हेरा फेरी’, 'चुप चुपके' र 'भुल भुलैया' लगायत धेरै उत्कृष्ट फिल्महरूमा काम गरेका छन्। 

राजपालले हिन्दी, पन्जाबीलगायत विभिन्न भाषामा सयभन्दा बढी फिल्ममा काम गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ