arrow

मौलिक नेपाली फिल्मका प्रणेता निर्देशक प्रताप सुब्बा रहेनन्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २ बिहिबार
pratap-subba-director.jpg
तस्बिर – फाइल ।

काठमाडौं । मौलिक नेपाली फिल्मका प्रणेता मानिने निर्देशक प्रताप सुब्बाको ७५ वर्षको उमेरमा निधन भएको छ । दार्जिलिङमा बस्दै आएका उनको अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान निधन भएको हो । 

सन् १९४७ मा दार्जिलिङमा जन्मिएका सुब्बाले ७ वटा फिचर फिल्म, ६ वटा वृतचित्र, ५ वटा भिडियो फिल्म, १३ वटा टेलिफिल्म र ५ वटा नाटकको निर्माण तथा निर्देशन गरेका थिए । 

दार्जिलिङबाट ‘परालको आगो’ बनाएका प्रताप सुब्बाले ‘बाँच्ने चाहने’, ‘कहीँ अँध्यारो कहीँ उज्यालो’, ‘भीष्म प्रतिज्ञा’ जस्ता फिल्मको निर्देशन गरेका थिए । 
‘परालको आगो’ नेपालबाहिर बनेको पहिलो मौलिक फिल्म थियो । 

४० को दशकमा नेपाल आएका सुब्बा केही फिल्म र टेलिफिल्म बनाएर ५० को दशकमा दार्जिलिङ फर्किएका थिए । त्यसपछि उनले फिल्म निर्माण तथा निर्देशन गरेनन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ