arrow

शुक्रवारदेखि टाटा मोटर्स शोरूममा "ह्याप्पीनेस विक-एण्ड" एक्सचेन्ज क्याम्प हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २ बिहिबार
sipridi-tata-motors-exchnage-happyness-menu.jpg

काठमाडौँ। गत हप्ता आयोजित एक्सचेन्ज क्याम्पको उत्साहजनक प्रतिक्रियाबाट यो चैत्र महिनाको ३, ४, ५ गते काठमाडौँ स्थित सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्स शोरुमहरुमा "ह्याप्पीनेस विक-एण्ड" विशेष एक्सचेन्ज क्याम्प सञ्चालन हुँदै छ। शुक्रवार, शनिवार र आइतबार गरी यस हप्ता विशेष एक्सचेन्ज क्याम्प सञ्चालन गरिएको हुँदा सबै ग्राहकहरूमा आमन्त्रण गरिएको छ। टाटा मोटर्सको शोरुममा पाल्नु भई ह्याप्पीनेस मेनुको बारेमा जानकारी लिई उक्त मेनुमा भएका अफरहरूको लाभ उठाउन कम्पनीले गरेको छ।

हुन गइरहेको एक्सचेन्ज क्याम्पमा जुन सुकै कम्पनी अथवा ब्राण्डको गाडी लिएर आई टाटा मोटर्सका सर्वाधिक रुचाइएका नयाँ २०२३ मोडेलका नेक्सन ईभी र टिगोर ईभी सँग साट्न सकिने व्यवस्था गरिएको छ। उक्त व्यवस्थालाई अझ सहज बनाउने उद्देश्यले शोरुममा बैङ्किङ सुविधा, ईन्स्योरेन्स सुविधाका साथै गाडी मूल्याङ्कन गर्न विभिन्न दक्ष मूल्याङ्कनकर्ताहरूको पनि सहभागिता हुने छ।

टाटा मोटर्सका ग्राहक तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्यधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारी सँग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको छ। 

चलिरहेको बजारको मूल्य भन्दा गाडीको विशेष मूल्याङ्कन, सरल फाइनान्सको सुविधा, ईन्स्योरेन्सको सुविधा, र साथै हरेक गाडी हस्तान्तरणमा निःशुल्क गाडीका लागि उपयुक्त पार्टपुर्जा पनि पाइने कम्पनीले जनाएको छ।

थप जानकारी वा आफ्नो नजिकैको टाटा मोटर्सको शोरुम पत्ता लगाउन सिप्रदीको टोल फ्री नम्बरमा निःशुल्क रूपमा कल गर्न ९८०१५७५७७७ अथवा १६६००१५५७७७ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ