आजको पञ्चाङ्ग
मिति २०७९ चैत्र ३ गते शुक्रबार, इस्वीसंवत मार्च १७ तारिक सन् २०२३, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४३, नल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार चैत्रकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज चैत्रकृष्णपक्षको दशमी तिथि रहनेछ ।
नक्षत्रमा उत्तरषाढा, विष्कुम्भादि योगमा परिध, करणमा भद्रा, आनन्दादि योगमा आनन्द रहनेछ । सूर्य मीन राशिमा, चन्द्रमा धनु राशिमा बिहानमा ७ः२३ बजेसम्म त्यसपश्चात् मकर राशिमा रहनेछ । दिनमान २९ घटि ५६ पला अर्थात ११ घण्टा ५९ मिनेटको रहनेछ । सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः१४ बजे रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ०६ः१२ बजे हुनेछ ।
आजको राशिफल
मेष : आज पनि समय खराव रहनेछ । काम गर्ने सवालमा होसियार रहनुहोला काम बिगार्ने तथा तपाईको नकारात्मक सोच्नेहरु सक्रिय हुनेछन् । आम्दानी हुँने ठाउँमा शत्रुका आँखा लाग्न सक्छ, ध्यान दिनुहोला । परिश्रमको फल अरुलेनै हत्याउन कोसिस गर्नेछन् । अध्ययनमा मन जानेछैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । दाजुभाईहरुको सल्लाह मान्दा काम बिग्रनेछ भने भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला ।
वृष : आज पनि स्वास्थ्य भरपर्दो रहनेछैन । सरकारी तथा प्रशासनिक स्तरबाट आवश्यक सहयोग नपाईने हुँदा समयमा कामहरु सम्पादन हुँने छैनन् । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक रुपमा कमजोर भएको महसूस हुनेछ । अध्ययन तथा अध्यापनमा अलि बढि समय दिन सके नजिता तपाईको पक्षमा आउँनेछ । प्रणय सम्बन्धमा चिसोपनको विकास हुनेछ भने घर परिवार तथा आफन्तसग मनमुटाव बढ्ने योग रहेकोछ ।
मिथुन : समय तथा परिस्थिति अनुकुल रहनाले व्यापार व्यावसायबाट मनग्गे आम्दानी हुनेछ । उच्च अध्ययनको शिलशिलामा छोटो तथा लामो दूरीको यात्राको तय गर्न सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मठ मन्दिरमा हुने विभिन्न क्रियाकलापमा सहभागी भई अरुको सेवा गर्ने अवसर प्राप्त हुने हुदा मन प्रशन्न रहनेछ ।
कर्कट : आज पनि स्वास्थ्य भरपर्दो रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने भौतिक सम्पति तथा उपाहार प्राप्त हुनेछ । व्यापार व्यावसायमा गरेको लगानी फस्टाएर जाने तथा आम्दानीका स्रोत बढाउन सकिनेछ । बौद्धिक कार्यमा सहभागी भई काम गर्ने अवसर जुर्ने तथा बुद्धिमतापूर्वक गरिएको श्रमबाट मनग्गे पैसा कमाउन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ भने पढाईकै शिलशिलामा लामो दूरीको यात्रा तय गर्न सकिनेछ ।
सिंह : आज पनि समय शुभ छैन । नीति नियम तथा कानुन नमान्दा फन्दामा परिन सकिन्छ ध्यान दिनुहोला । सत्रुले दुःख दिनेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईका पक्षमा हुँने छैनन् । सीमित स्रोत तथा साधनबाट असीमित आवश्यक्ताहरु पूरा गर्नुपर्नेछ भने यस्तै बेलामा आम्दानीका स्रोतहरु साँघुरा हुनेछन् । ऋण लाग्ने तथा समयमा आर्थिक ब्यवस्थापन गर्न नसक्दा कामहरु अरुकै हातमा जानेछ ।
कन्या : आज समय तथा स्वास्थ्य राम्रो छैन । आफन्तहरु टाढिनेछन् भने शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईने छैन । राजनीति थता समाज सेवामा जनताको काम गर्दा पनि आलोचनाको शिकार हुनुपर्दा मन खिन्न हुनेछ । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला । समय मध्ययम रहेकोछ । माया प्रेममा अविश्वास बढ्नेछ भने घरमा आमासँग पनि मनमुटाव सिर्जना हुनेछ ।
तुला : आज पनि समय अत्यन्तै शुभ छ । नयाँनयाँ कामको प्रस्ताव आउनेछ भने तपाईले शुरु गरेको काममा साथ दिने तथा सहयोग गर्ने मानिसहरु भेटिनेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्याबस्थापनका मुद्दाहरु हल भएरु जानेछन् । छोटो तथा लामो दुरीको उपलब्धिमूलक यात्राको तय हुनेछ भने यात्राका क्रममा राम्रा तथा परिणाममुखी कामहरु गर्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।
वृश्चिक : आज पनि समय खराब छ । राजनीति तथा सामाजिक बिषयको उठान गर्दा अलि बढि अध्ययन तथा अनुसन्धान गरि प्रस्तुत हुनुहोला किनकी प्रतिस्पर्धीहरु तपाईभन्दा बलिया हुँन सक्छन् । राम्रो काम गर्दा गर्दै गलत आक्षेप लगाउनेहरु हावी हुनेछन् भने कार्यक्षेत्रमा तपाईको आलोचना गर्नेहरु सक्रिय हुनेछन् । समस्या समाधानका लागि चालिएका कदमहरु निरर्थक हुनेछन् ।
धनु : आज पनि स्वास्थ्य सबल रहनेछ । राम्रो कम्पनीबाट नोकरीको प्रस्ताव आउन सक्छ । कामका लागि विदेश जाने सम्भावना पनि छ । यो वर्ष आर्थिक क्षेत्रमा तपाईँका लागि मिश्रित फलदायक छ । आर्थिक क्षेत्रमा उतार(चढाउ आउन सक्छन् । तपाईँको आय र व्ययमा निकै फरक आउन सक्छ र त्यसैले आर्थिक जीवनमा आय र व्ययमा उचित समायोजन गर्नु होला ।
मकर : आज पनि समय तथा स्वास्थ्य अनुकुल छैन । पढाईलेखाईमा सफलता प्राप्त गर्न अलि बढिनै समय लगानि गर्नुपर्नेछ । आफन्त तथा अग्रज ब्याक्तित्वहरुसँग सैद्धान्तिक विषयमा राय बाझिनेछ भने घर परिवार तथा आफन्तहरुबाट भनेजस्तो सहयोग नपाईने हुँदा दिगो काम गर्ने अवसर गुम्नेछ ।
कुम्भ : आज पनि समय शुभ, स्वास्थ्य राम्रो रहनेछ, आर्थिक क्षेत्रमा तपाईँले एउटा ठूलो उपलब्धि हासेल गर्नु हुनेछ । आर्थिक लाभका बलिया अवसरहरू छन् । ब्यापारमा नयाँ विचारले तपाईँलाई आर्थिक लाभ वृद्धि गर्नमा मद्दत गर्ने छन् । आज तपाईँ प्रशस्त धन कमाउन सफल हुनुहुनेछ ।
मीन : आज पनि समय खराब रहनेछ । आज मानसिक चोट पर्ने कुरा कसैले गर्न सक्छ, अपमानित हुने ठाउँमा नजानु नै बेस, तपाईंको काम बिगार्नेतर्फ आफन्त, नजिकका नाता समेत लागि पर्ने छन्, आज खर्च सोचेभन्दा ज्यादा हुनेछ, मनमा तनाव, कुनै पनि काम छिटोऔछिटो गर्छुभन्दा झन् ढिलो हुन जानेछ ।
साइतः सूर्य मीन राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । त्यसैले दक्षिण र पूर्वबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शुक्रबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला
बिहान ०६ः१२ बजेदेखि ०७ः४२ बजेसम्म चर बेला
बिहान ०७ः४२ बजेदेखि ०९ः१२ बजेसम्म लाभ बेला
बिहान ०९ः१२ बजेदेखि १०ः४२ बजेसम्म अमृत बेला
बिहान १०ः४२ बजेदेखि १२ः१२ बजेसम्म काल बेला
दिनमा १२ः१२ बजेदेखि १ः४२ बजेसम्म शुभ बेला
दिनमा १ः४२ बजेदेखि ३ः१२ बजेसम्म रोग बेला
दिनमा ३ः१२ बजेदेखि ४ः४२ बजेसम्म उद्धेग बेला
साँझ ४ः४२ बजेदेखि ०६ः१२ बजेसम्म चर बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय : बिहानमा १०ः३० देखि मध्यान्ह १२ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।