arrow

बुबाको किरिया बसेका कांग्रेस सांसद बराल उपराष्ट्रपति निर्वाचनमा सहभागी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३ शुक्रबार
prakash-badal-2079-kiriya-putri.jpg

काठमाडौं । उपराष्ट्रपति चयनका लागि मतदान भइरहेको छ । बुबाको किरियापुत्री बसेका गण्डकी प्रदेशसभा सदस्य प्रकाश बराल पनि मतदान कार्यमा सहभागी भएका छन् । 

कांग्रेस नेतासमेत रहेका उनी आठ दिनदेखि बुबाको आशौच बारिरहेका छन् । तर उनी उपराष्ट्रपति चयनका लागि भएको निर्वाचनमा सहभागी हुन सेतो लुगा लगाएर पुगेका छन् । 

नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेबाट मतदान कार्य शुरु भएको छ । निर्वाचन आयोगका अनुसार मतदान कार्य दिउँसो ३ बजेसम्म चल्नेछ । 

उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य बोहरा र ममता झाले उम्मेदवारी दिएका छन् । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतदातामा संघीय संसद र प्रदेशसभा सदस्य रहने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ