arrow

एम्बुलेन्सबाट मत हाल्न पुगे मन्त्री कलाम 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३ शुक्रबार
mohammad-abdul-kalam-election.jpeg

काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनमा मतदान गर्न एक मन्त्री एम्बुलेन्समा गएका छन् । जनता समाजवादी पार्टी जसपाका सांसद मोहम्मद अब्दुल कलाम मतदान गर्न एम्बुलेन्सबाट गएका हुन् । 

जसपाका प्रदेश सांसद एवं मधेस प्रदेशका सामाजिक राज्यमन्त्रीसमेत रहेका कलाम खुट्टाको शल्यक्रिया गरेका कारण एम्बुलेन्सबाट भोट हाल्न गएका हुन् । रूखबाट लडेर खुट्टा भाँचिएपछि उनको ट्रमा सेन्टरमा बिहीबारमात्र शल्यक्रिया गरिएको थियो । 

उपराष्ट्रपतिमा जसपाबाट रामसहायप्रसाद यादव उम्मेदवार रहेका छन् । उनलाई सत्ता गठबन्धनकै ममता झाले टक्कर दिइरहेकी छिन् । त्यस्तै एमालेबाट अष्टलक्ष्मी शाक्य बोहरा उम्मेदवार छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ