arrow

उपराष्ट्रपतिको निर्वाचन सकियो, आठ सय २९ मत खस्यो, केही बेरमै गणना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३ शुक्रबार
vp-election-2079-12-036.jpg

काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनमा ८२९ मत खसेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान १० बजे शुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो । ८८२ मतदाता रहेकामा ८२९ मतमात्र खसेको हो । 

मतदानमा राप्रपा र नेमकिपा सहभागी भएन । संघीय संसद्का ३३२ मतदाता तथा प्रदेश सभाका ५५० जना मतदाता रहेका हुन् । प्रतिनिधि सभातर्फ ३११ तथा प्रदेश सभातर्फ ५१८ जनाले मतदान गरेका हुन् । 

मतदाताको अन्तिम नामावलीमा नाम समावेश भइसकेपछि जनता समाजवादी पार्टीकी सांसद सहनाज रहमानको निधन भएको थियो ।

उपराष्ट्रपति निर्वाचनमा एक संघीय सांसदको मतभार ७९ र एक प्रदेश सांसदको मतभार ४८ गणना हुन्छ ।

उपराष्ट्रपति निर्वाचनको मत परिणाम साँझसम्म सार्वजनिक भइसक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपतिका लागि चार उम्मेदवार रहेका छन् । एमालेबाट अष्टलक्ष्मी शाक्य बोहरा, जनमत पार्टीबाट ममता झा तथा जसपाबाट रामसहायप्रसाद यादव र प्रमिलाकुमारी यादवले उम्मेदवारी दिएका हुन् । प्रमिलाले उम्मेदवारी पछि फिर्ता लिएकी थिइन् । 

सत्ताधारी दलहरुबीच नै दुई जना उम्मेदवार हुँदा नतिजा यसै भन्न सक्ने अवस्था रहेको छैन । उम्मेदवारले २६ हजार बढी मत नपाए दोस्रो चरणमा मतदान हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ