arrow

वात्स्यायनको नागरिक अभिनन्दन तथा रथारोहण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३ शुक्रबार
Durga baral.jpg

पोखरा । वरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायनको भोलि नागरिक अभिनन्दन तथा रथारोहण हुने भएको छ । बात्स्यायन भोलिदेखि ८० वर्ष पार गर्दै छन् । 

सो अवसरमा उनको सम्मानमा पोखराका साहित्यिक तथा वाङ्मयिक संस्थाहरु नागरिक अभिनन्दन तथा रथारोहणमा जुटेका जुटेका छन् ।

कार्यक्रमको तयारी पूरा भएको पोखरेली युवा सांस्कृतिक परिवार अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए । 

अध्यक्ष पौडेलले पोखरामा जन्मिएर कलाकारिता क्षेत्रमा वात्स्यायनले पुर्‍याएको योगदान अतुलनीय रहेको बताउँछन् ।

पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा पोखराका साहित्यिक र वाङ्मयिक संस्थाहरुले शनिबार कलाकार बरालकै निवास नदीपुरदेखि विन्ध्यवासिनी मन्दिरसम्म उनको रथारोहण गर्न लागेका हुन् ।

बिहान १० बजे वात्स्यायन निवासदेखि सुरु हुने रथयात्रा कन्या क्याम्पस, बालमन्दिर, पृथ्वीनारायण क्याम्पस, ट्याक्सीचोक, बागबजार हुँदै विन्ध्यवासिनी परिसरको सभाकक्षमा पुग्नेछ ।

१९९९ चैत ४ मा आर्बा (हाल पोखरा १३) मा बराल जन्मिएका हुन् । सानै उमेरमा धुलीमाटीमा औंलाले चित्र बनाउनेदेखि अहिलेसम्म चित्रकारितामा सक्रिय भई उनले नेपाली चित्रकारितालाई अतियथार्थवादी धारमा डोर्‍याउन उल्लेख्य योगदान दिएका छन् ।

बरालले वात्स्यायनका नाममार्फत व्यङ्ग्यचित्र माध्यमबाट नेपालीको समाज र राजनीतिका विकृति, विसंगति केलाउँदै व्यङ्ग्यचित्रकारितामा सर्वाेच्च शिखरका रुपमा आफूलाई उभ्याएका छन् । 

पोखरामा शारीरिक सुगठन कला भित्र्याउने र प्रशिक्षण गर्ने श्रेय पनि उनलाई जान्छ । साथै पोखरामा फोटोग्राफी कला र व्यवसाय विस्तार र प्रशिक्षणमा पनि उनको योगदान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ