arrow

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ४ शनिबार
putin- TASS HOST PHOTO AGENCY.jpg
तस्बिर – फाइल ।

काठमाडौं । इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी) ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । बीबीसीका अनुसार आईसीसीले बालबालिकालाई गैरकानूनी रुपमा रुसबाट युक्रेन पठाएको आरोप लगाउँदै पुटिनविरुद्ध युद्ध अपराधको अभियोग लगाएको हो । 

रुसले २४ फेब्रुअरी २०२२ देखि युक्रेनमाथि आक्रमण शुरु गरेको थियो । यद्यपि उसले आक्रमणका क्रममा युद्ध अपराध गरेको आरोप अस्वीकार गर्दै आएको छ ।

पक्राउ पुर्जी जारी भए पछि रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोवाले छोटो प्रतिक्रिया दिदै भनिन्, ‘इन्टरनेशनल क्रिमिनल कोर्टको फैसला हाम्रो देशका लागि कानूनी रुपमा कुनै अर्थ छैन । यो चर्चाका लागि ल्याइएको एउटा फन्डा मात्रै हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ