arrow

तीन क्षेत्रमा उपनिर्वाचन, यस्तो छ चर्चा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ४ शनिबार
upanirwachan-2080-election.jpg

काठमाडौं । राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन र रास्वपाको सभापतिको संसाद पद खारेजीका कारण प्रतिनिधि सभाको तीन वटा निर्वाचन क्षेत्र जनप्रतिनिधिविहीन भएका छन् । चितवन २ मा रास्वपाका सभापति रवि लामिछानेको सांसद पद खारेजीमा परेको, बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति पदमा र तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएपछि जनप्रतिनिधिविहीन बन्न पुगेको हो । 

चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादमा फसेपछि उनको सांसद पद खारेजीमा परेको थियो । त्यस्तै तनहुँ १ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित राम सहाय्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि यी तीन क्षेत्र अब उपचुनाव हुने भएको हो । 

चितवन २ मा निर्वाचन आयोगले आगामी बैशाख १० गतेका लागि निर्वाचनको मिति तोकिसकेको छ । फागुन २५ र चैत ३ मा क्रमशः राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन भएपछि तनहुँ १ र बारा २ मा भने निर्वाचन आयोगले चुनावको मिति तोक्ने समय पाएको छैन । 

आयोगले यी दुवै निर्वाचन क्षेत्रमा उपनिर्वाचन गर्ने जनाइसकेको छ । अब उपचुनाव गर्ने यी तीन क्षेत्रमा एकैपटक निर्वाचन गर्ने या चितवन २ मा तोकिएकै समयमा गरेर अन्य २ क्षेत्रमा फरक मितिमा चुनाव गर्ने भन्ने बारेमा भने कुनै जानकारी दिएको छैन । यद्यपि आयोगले यसअघि उपनिर्वाचन एकैपटक गर्ने जनाएको थियो । 

यद्यपि आयोगले अब यस बारेमा एकपटक परामर्श गरेर निर्णयमा पुग्ने तयारी गरेको आयोग स्रोतले बताएको छ । राष्ट्रपति र उपराष्ट्रपति दुवै निर्वाचित सांसद नै निर्वाचित भएपछि दुई निर्वाचन क्षेत्र खाली भएको हो । 

चितवन २ सहित अहिले खाली भएका बाँकी दुई निर्वाचन क्षेत्रमा पनि एकै पटक निर्वाचन गराउने गरी निर्वाचन आयोगले तयारी गर्दा खर्च कम गर्न सकिने भएकाले त्यसतर्फ आयोगले छलफल गर्नुपर्ने कतिपयले तर्क शुरु गरेका छन् । 

तर चितवन २ का बारेमा चुनावी प्रक्रिया धेरै अगाडि बढेकोले त्यसमा तोकिएकै मितिमा चुनाव गराएर बाँकी दुई क्षेत्रमा भने अर्को मिति तोकेर निर्वाचन गराउने गरी आयोग अघि बढ्ने संभावना रहेको छ । 

चितवन २ मा रास्वपाका सभापति रवि लामिछाने आफैँ उम्मेदवार हुँदैछन् । कांग्रेस, एमाले र माओवादीले आफ्नो उम्मेदवार तयार गरेका छैनन् । तनहुँमा कांग्रेसका नेताहरु गोविन्द भट्टराई लगायतको चर्चा छ भने एमालेबाट पनि किरण गुरुङ, एकबहादुर आले, सर्वेन्द्र खनालसम्मको चर्चा चलिरहेको छ । 

यस्तै बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवको चर्चा छ । उनी त्यही क्षेत्रबाट निर्वाचन लडेर संसदमा प्रवेश गर्ने र सरकारमा उपप्रधानमन्त्री खाने दाउमा रहेका छन् । त्यहाँ कांग्रेस, एमाले र अन्य मधेशवादी दलहरुले उम्मेदवार तय गरेका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ