arrow

काल बेला परेको सूर्यदेवको प्रिय दिन कस्तो होला ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ५ आइतबार
rashifal-horoscope-6.jpg

आजको पञ्चाङ्ग

मिति २०७९ चैत्र ५ गते आइतबार, इस्वीसंवत मार्च १९ तारिक सन् २०२३, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४३, नल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार चैत्रकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज चैत्रकृष्णपक्षको द्धादशी तिथि बिहान ०८ः२३ बजेसम्म त्यसउप्रान्त त्रयोदशी तिथि रहनेछ ।

नक्षत्रमा धनिष्ठा राति १०ः१७ बजेसम्म त्यसपछि शतभिषा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा सिद्धि योग राति ८ः१७ बजेसम्म त्यसपछि साध्य योग लाग्नेछ । करणमा तैतिल बिहानमा ८ः२३ बजेसम्म त्यपछि वणिज करण लाग्नेछ भने आनन्दादि योगमा मातंग रहनेछ । सूर्य मीन राशिमा, चन्द्रमा मकर राशिमा बिहानमा ९ बजेर ३९ बजेसम्म त्यसउप्रान्त कुम्भ राशिमा प्रवेश गर्नेछ । दिनमान ३० घटि ५ पला अर्थात १२ घण्टा ०४ मिनेटको रहनेछ । सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः१३ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ०६ः१४ बजे हुनेछ । यस्तै, चन्द्र उदय ०४ः३८ बजे हुनेछ भने चन्द्रअस्त दिनमा ३ः४२ बजे हुनेछ । आज प्रदोषव्रत गर्ने दिन रहेको छ ।

आजको राशिफल :

मेष : आज तर्क वितर्कमा समय खेर फाल्नु उचित छैन, आफ्ना कमी कमजोरी के भइरहेका छन् त्यसमा विचार पुर्याउनु, बेलैमा होस पुर्याउन जरुरी छ, आफ्नै कार्यबाट मन सन्तुष्ट हुनेछैन, समग्रमा आजको समय मध्यम खालको रहेकाले नयाँ कार्यमा लगानी नगर्नु नै राम्रो हुनेछ ।

वृष : आज मानसिक चोट पर्ने कुरा कसैले गर्न सक्छ, अपमानित हुने ठाउ“मा नजानु नै बेस, तपाईंको काम विगार्नेतर्फ आफन्त, नजिकका नाता समेत लागि पर्ने छन्, आज खर्च सोचेभन्दा ज्यादा हुनेछ, मनमा तनाव, कुनै पनि काम छिटो-छिटो गर्छुभन्दा झन् ढिलो हुन जानेछ ।

मिथुन : आज नयाँ कामको थालनी, हालको पेशामा ठूलो लगानी गर्नु पनि ठीक छैन, व्यापार व्यवसाय पेशामा संलग्न व्यक्तिलाई नोक्सान दिनेवाला रहेको छ, आकस्मिक चोर अथवा बदमास व्यक्तिबाट आक्रमणमा पर्न सकिने सम्भावना पनि त्यत्तिकै छ, एक्लै यात्रामा जानु ठीक छैन ।

कर्कट : आज घरमा कुनै धार्मिक कार्य, व्रत, पर्वको उत्सव मनाइने सम्भावना समेत रहेको छ, प्रेम सम्बन्ध बढ्न सक्ने अवस्था पनि आइपर्ला जस्तो छ । तपाइँ मनोरञ्जनपूर्ण कार्यमा सहभागी हुन सक्ने अवस्था रहेको छ, समग्रमा आज समय शुभ रहेकाले उपयोग गरेमा लाभ मिल्नेछ, धार्मिक यात्रा पनि सफल हुनेछ ।

सिंह : आज पनि स्वास्थ्य ठीकठाक रहनेछ । मानसिक प्रशन्नता मिल्ने काममा लगानी गरिनेछ । आम्दानीका नया“ स्रोत बढ्दै जानेछन्, जुन काम गर्ने विचार गर्नु भएको छ, सक्दो छिटो गर्नुहोस् सजिलैसँग पूरा हुनेछन् । आफ्नो बोली वचनको प्रभावले धेरै दिनदेखि रोकिएका काम बन्नेछन् ।

कन्या : आज आफन्त व्यक्तिले काम विगारीदिने सम्भावना बलियो रहेको छ । मानसिक चञ्चलता, कार्यक्रममा विघ्नबाधा, पेट अथवा कम्मर दुख्ने, वायू रोग, शूल, मन परेको खानामा गडबडी, कुनै चिन्ता पर्ने समाचार सुन्नुपर्नेछ । हरेक कार्यमा सतर्कता अपनाई सम्पन्न गर्नतिर लाग्नु उचित हुनेछ ।

तुला : आज यात्रा, लेनदेन गर्दा ज्यादा घाटा पर्नेछ । घर परिवारमा आकस्मिक कुनै व्यक्ति रोगले पीडित हुनुपर्नेछ । कुनै दलालले पैसा ठगिदिने, छातीमा खराबी, रोग बाधाको बलियो सम्भावना रहेको छ । समय अत्यन्तै खराब रहेकाले सबै काममा सतर्क भएर अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ ।

वृश्चिक : आज व्यापार व्यवसायबाट राम्रोे लाभ प्राप्त गर्न सक्नुहुनेछ । थान कपडाको दोकान, किराना, मट्टीतेल, डिजल, कुनै पनि तरल पदार्थको पेशा गर्ने व्यक्तिलाई पनि पूर्ण सफलता र लाभको रहेको छ । बोली वचनले नयाँनयाँ मित्र बढ्दै जानेछन् । जे काम गर्नुछ सुखैका साथ सम्पन्न हुनेछन् ।

धनु : आज एक्कासी स्वास्थ्यले धोका दिन सक्नेछ । खानामा गडबडी, असुविधा, कुनै व्यक्तिस“ग विवाद पर्ने, लाभ कम, हानी नोक्सानी ज्यादा हुन सक्ने देखिएको छ । घर परिवारबाट सहयोगको बदला हानी नोक्सानी नै ज्यादा हुने देखिन्छ । खासगरी आज पूर्व दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।

मकर : आज मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ । सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र पशु चौपायबाट समुचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् । समय शुभ रहेकाले सही उपयोग गरेमा लाभ मिल्नेछ । नयाँ काम गर्दै हुनुहुन्छ भने आजको समय शुभ रहेको छ ।

कुम्भ : आज पेटको खरावी बढ्नेछ । परिवारमा मतभेद, वादविवाद पर्ने, कार्यमा विलम्बता हुने, लेनदेन र जग्गा जमीन सम्बन्धी कार्यमा विवाद पर्न सक्ने देखिन्छ, पशु चौपाय तथा कृषि सम्बन्धी कार्यबाट हानी, आत्मीयजनबाट विश्वासघात इत्यादि हुन सक्नेछन्, अत्यन्तै सतर्क हुनुहोला ।

मीन : आज नवीन कार्यको विचार विमर्श आर्थिक तथा शारीरिक स्थिति राम्रा हुनेछन् । आफ्नो व्यवसायबाट सोचे अनुसारकै लाभ मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्ने, पठनपाठन फलदायक रहनेछ । समग्रमा समय शुभ रहनेछ, भरपूर उपयोग गर्नुहोला ।

साइतः सूर्य मीन राशिमा, चन्द्रमा मकर राशिमा बिहानमा ९ः३९ मिनेटसम्म रहनेछ । त्यसैले पूर्व र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ ।  

शुभ लाभादि बेला

बिहान ०६ः०९ बजेदेखि      ०७ः३८ बजेसम्म     उद्धेग बेला
बिहान ०७ः३९ बजेदेखि      ०९ः१० बजेसम्म     चर बेला
बिहान ०९ः१० बजेदेखि      १०ः४१ बजेसम्म     लाभ बेला
बिहान १०ः४१ बजेदेखि       १२ः११ बजेसम्म    अमृत बेला
दिनमा १२ः११ बजेदेखि       १ः४२ बजेसम्म     काल बेला
दिनमा १ः४२ बजेदेखि        ३ः१२ बजेसम्म     शुभ बेला
दिनमा ३ः१२ बजेदेखि        ४ः४३ बजेसम्म     रोग बेला
साँझ ४ः४३ बजेदेखि        ०६ः१४ बजेसम्म    उद्धेग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ४ः३० देखि मध्यान्ह ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ