arrow

उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन राष्ट्रपतिलाई बुझाइँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ५ आइतबार
election-commission-head-office-building-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने भएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन चैत ५ गते राष्ट्रपतिसमक्ष पेश गर्ने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

निर्वाचनमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । उनले एमालेकी अष्टलक्ष्मी शाक्य बोहरा र जनमत पार्टीकी ममता झालाई पराजित गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ