arrow

ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई स्पष्टीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ५ आइतबार

दमौली ।  पटक–पटक म्याद थप भएर पनि सडक कालोपत्रको काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई पूर्वाधार कार्यालय तनहुँले स्पष्टीकरणको प्रक्रिया अगाडि बढाएको छ । 

तनहुँको भानु नगरपालिकास्थित भानुमार्ग र शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा हर्कपुर सडकखण्डमा कालोपत्रको काममा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई कार्यालयले कारबाहीस्वरुप स्पष्टीकरणको प्रक्रिया अगाडि बढाएको हो ।

दुवै सडक कालोपत्रको ठेक्का शङ्करमाली निर्माण सेवा काठमाडौँले पाएको थियो । विभिन्न मितिमा म्याद थप भएता पनि हालको मितिसम्म पटक–पटक पत्राचार र सरोकारवालासँग छलफल गर्दा पनि निर्माण व्यवसायीबाट कार्यप्रगति धेरै न्यून रही सन्तोषजनक नपाइएकाले उक्त कम्पनीलाई कारबाहीस्वरुप स्पष्टीकरण सोधिएको पूर्वाधार कार्यालयका प्रमुख दिनेश घिमिरेले जानकारी दिए। 

ठेक्का सम्झौताको शर्त र सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ को उपदफा (७) तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२८ र उक्त नियमावलीको नियम ११३ को उपनियम (६) मा भएको प्रावधान र बोलपत्र सम्झौताको टर्मिनेशन अफ कन्ट्रयाक्टका शर्तबमोजिम उक्त कम्पनीसँग चैत १० गतेभित्र स्पष्टीकरण माग गरिएको छ । 

“सोहीबमोजिम ठेक्का खारेज गरी कालोसूचीमा राख्नेसम्बन्धी कारबाही किन अगाडि नबढाउने ? सूचना प्रकाशित भएको मितिले सात दिनभित्र स्वयं कार्यालयमा उपस्थित भई स्पष्टीकरण पेस निर्माण व्यवसायीलाई पत्राचार गरिएको छ”, प्रमुख घिमिरेले भने। उनका अनुसार निर्माण कम्पनीबाट चित्तबुझ्दो जवाफ नआएमा ठेक्का खारेज गरी कालोसूचीमा राख्ने कारबाही अगाडि बढाइनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ