- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल मजदूर किसान पार्टी नेमकिपाका सांसद प्रेम सुवालले सभामुख देवराज घिमिरेको बोली सार्वजनिक महत्वको विषय हुने भन्दै पत्रकारमाथि बोलेको विषयमा छानबिन समिति गठन गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सभामुखले पत्रकारका बारेमा बोलेको कुरालाई लिएर छानबिन समिति बनाउन माग गरेका हुन् । उनले भने, ‘हुन त पत्रकारहरुको बारे यहाँले अध्ययन गरेर भन्नु भएको भए छानबिन समिति नै बनाउनु पर्यो । तर सबै पत्रकार त्यसो नहोला । कुन कुन हो पित पत्रकारिता चलाउने त्यो चाहिँ सभामुख महोदयबाट एउटा छानबिन समिति हुनुपर्यो । कुन कुन हो ?’
उनले सभामुखले बोलेको विषय सार्वजनिक विषय हुने भन्दै यसलाई त्यसै छाड्न पनि नसकिने र सभामुखले जथाभावी बोल्न पनि नपाइने बताएका छन् ।
उनले भने, ‘सभामुखबाट उठेको विषय भनेको सार्वजनिक महत्वको विषय हुन्छ । त्यसकारण त्यो कुन कुन हो त्यो छानबिन हुनुपर्यो ।’
सुवालले यसरी बोलिरहँदा सभामुख घिमिरेले भने आफ्नो अभिव्यक्ति छोट्याउन आग्रह गर्दैै थिए ।
त्यस्तै उनले भने, ‘सभामुख महोदयको मैले त्यहीँ सुनेँ सभामुख महोदयकै छोरीको फोन ह्याक गरेर अमेरिकामा बसेकाको पैसा ठगेको रहेछ यहाँ जनतासँग लाखौंँ अर्बौं रुपैयाँ । प्रधानमन्त्रीज्यूले तत्काल सभामुख महोदयले बोलिसक्नुभएपछि यो सार्वजनिक महत्वको हुन्छ । यो विषय तत्काल प्रधानमन्त्रीले छानबिन गरेर कारबाही गर्नुपर्ने हुन्छ । होइन भने संसदले यहाँ छानबिन समिति बनाउनु जरुरी हुन्छ । त्यसकारण सभामुख महोदय यस्ता महत्वपूर्ण विषयहरु हामीले संसदमा उठाउने हो ।’
आफूमाथि पनि सभामुख घिमिरेले आरोप लगाएको बारेमा पनि बोल्दै सुवालले सभामुखले बोल्नलाई चित्रबहादुर केसी, प्रेम सुवालले कांग्रेस, एमालेले जत्तिकै समय पाउनु पर्छ भनेर भाग खोजेको भनेर समाचार आएको भन्दै त्यस्तो भनिएको नहुनु पर्छ भन्दै आफूहरुले संसदमा बोल्न पाउनु पर्नेमा जोड दिएका छन् ।
उनले एउटा संसद चल्दा कति लाख खर्च हुन्छ भन्दै ‘यदि जनताको विषय यहाँ बोल्न नपाउने भए यो संसद चल्नुको औचित्य छैन ।’