arrow

एक दिवसीयमा भारतको अहिलेसम्मकै खराव हार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ५ आइतबार
india-aus-odi-2023-03-19.jpg

काठमाडौं । एक दिवसीय क्रिकेटमा भारतले अहिलेसम्मकै सबैभन्दा खराव हार बेहोरेको छ । विशाखापट्टनममा आइतबार भएको खेलमा भारतले अष्ट्रेलियासँग कीर्तिमानी हार बेहोरेको हो । 

भारत २३४ बल खेल्न बाँकी छँदै अष्ट्रेलियासँग १० विकेटले पराजित भयो । यसअघि सन् २०१९ मा न्यूजिल्याण्डले २१२ बल खेल्न बाँकी छँदै पराजय भोगेको थियो । भारत छैटौं पटक १० विकेटले पराजित भएको हो । 

पहिले ब्याटिङ गरेको भारतले २६ ओभरमात्रै क्रिजमा टिकेर ११७ रन बनायो । चार खेलाडीले मात्र दोहोरो स्कोर खडा गरेको इनिङ्समा विराट कोहलीले सर्वाधिक ३१ रन बनाए । अक्षर पटेल २९ बलमा २९ रन बनाएर अविजित रहे । चार खेलाडीले रनको खातासमेत खोल्न सकेनन् । 

घरेलु मैदानमै भारतलाई कम योगफलमा रोक्ने क्रममा पाहुना टोलीका मिचेल स्टार्चले ५, सिन एब्बोटले ३ तथा नाथल एलिसले २ विकेट लिए । 

जवाफमा अष्ट्रेलियाले ११ ओभरमै कुनै विकेट नगुमाइ जित हासिल गर्यो । मिचेल मार्शले ३६ बलमा ६६ तथा ट्राभिस हेडले ३० बलमा ५१ रन जोडे । 

योसँगै अष्ट्रेलियाले तीन खेलको श्रृंखलामा १–१ को बराबरी गरेको छ । पहिलो खेल भारतले ५ विकेटले जितेको थियो । 

तेस्रो तथा निर्णायक खेल बुधबार चेन्नाईमा हुँदैछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ