arrow

सलमानलाई खतरा, परिवार चिन्तित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ६ सोमबार
salman-khan.png

काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएसँगै कार्यतालिका परिवर्तन गर्नुपर्ने भएको छ ।

मार्च १९ मा सलमान खानलाई लरेन्स बिश्नोई गिरोहबाट इमेलमार्फत ज्यान मार्ने धम्की आएको थियो । सलमानका परिवारका सदस्यहरू यस विषयमा निकै चिन्तित छन् । 

सलमान र उनको टोलीलाई आगामी केही दिनका लागि मैदानमा हुने कार्यक्रमहरूबाट बच्न भनिएको छ। सलमानको ज्यानको खतरालाई मध्यनजर गर्दै प्रहरी प्रशासनले उनको कार्यतालिका परिवर्तन गर्न सिफारिस गरेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार, सलमानको घर वरपरको वातावरण एकदमै नाजुक छ। सलमानका परिवारका सदस्य र उनको टोली सलमानको जीवनलाई लिएर निकै चिन्तित छन् ।

सलमान अहिले मुम्बईबाट बाहिर रहेकाले उनी पुगेपछि समय तालिका परिवर्तन गर्ने विषयमा छलफल हुने प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ