arrow

जहाँका बिरामी डाक्टर देखेर भाग्छन् त्यहाँ पुग्यो मणिमुकुन्दको टोली

logo
नारायण वली,
प्रकाशित २०७९ चैत ६ सोमबार
health-checkup-mani-mukunda.jpg

रुपन्देही । पाल्पाको रैनादेवी गाउँपालिका वडा न–७ भौगोलिक हिसावले विकट मानिन्छ । जहाँ  शिक्षित तथा हुनेखानेहरु बुटवल झरेपछि त्यहाँ मध्यम र विपन्न वर्गहरुको बसोबास छ । स्थानीय तहको निर्वाचनपछि गाउँगाउँमा सिंहदरवार भनेर प्रचार गरे पनि तर त्यहाँका स्थानीयहरु अझै पनि स्वास्थ्य, शिक्षाबाट निकै पछाडि परेको पाइएको छ ।
 
लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथ बुटवलले सो क्षेत्रमा गएर स्वास्थ्य शिविर चलाउँदा त्यहाँका नागरिकले स्वास्थ्य जाँच गर्नसमेत नपाएको पाइएको हो । जबकि उनीहरु स्वास्थ्य जाँच गर्नसमेत नमान्ने गरेको पाउँदा स्थानीय तहले स्वास्थ्य क्षेत्रमा त्यहाँका नागरिकको बारेमा खासै सचेतनामुलक चेतना नदिएको स्पष्ट बुझिएको स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन् ।

त्यस क्षेत्रमा नेत्र तथा फिजिसियन डाक्टरहरु बोकेर क्लब पुग्दा स्वास्थ्य जाँच गर्न धेरैले मानेनन् । उनलाई यतिसम्मकि जाँच गरेपछि केही समस्या देखिएमा के हुन्छ भन्ने त्राससमेत पाइएको मणिमुकुन्द युथ क्लब बुटवलका अध्यक्ष दिपक गौतमले बताए । 

उनले भने, 'त्यहाँ पुग्दा नागरिकहरु स्वास्थ्यको बारेमा धेरै पछाडि परेको पायौं । स्थानीय जनप्रनितिधिसमेत भइसकेको अवस्थामा स्वास्थ्यबाट अझै पनि नागरिकहरु पछाडि परेको देख्दा नेपालका गाउँबस्ती स्वास्थ्य क्षेत्रमा कमजोर भएको महसुस भयो । हामीले क्लब मार्फत् जनचेतना र स्वास्थ्य शिविर राखेर नागरिकलाई चेतनशील बनाउने प्रयासलाई थप प्रभावकारी बनाएर अगाडि बढाउने छौं' उनले भने ।

क्लबले सञ्चालन गरेको निःशुल्क मधुमेह, आँखा तथा दन्त शिविरमा मधुमेह भएका ३ सय ७, आँखाको समस्या भएको १ सय ७८ र दाँतको समस्या भएका १ सय ५६ जना फेला परेको सचिव खिलराज अधिकारीले जनाए । उनले यस्तो उल्लेख्य मात्रामा स्वास्थ्यमा समस्या भएर पनि स्वास्थ्य जाँच गर्नलाई डराउनेहरु भेटिएकाले त्यस्ता क्षेत्रहरुमा स्वास्थ्य सम्बन्धि शिक्षा दिन आवश्यक रहेको सुझाए । 

सो शिविरमा नागरिकको स्वास्थ्य जाँच गरेका नेत्र विशेषज्ञ डाक्टर प्रभात जिसीले पहाडी क्षेत्रका गाउँमा स्वास्थ्यलाई स्वस्थ बनाउन न्यूनतम सरसफाइ, खानपिनको सन्तुलन जस्ता कुराहरुको ज्ञान नभएकाले वृद्धवृद्धाहरुलाई आँखामा मोतिया विन्दु, बालवालिकाहरुमा दृष्टिदोष (नजिक र टाढा नदेख्ने), अनुहारलाई सफा नराख्ने जसले गर्दा आँखाभित्र परेला गडेको, कचेरा जमेको, ब्रस नगर्ने बानीले दाँतमा किरा लागेको जस्ता समस्या भेटिएको बताउँदै स्वास्थ्यका बारेमा जानकारी गराउन जरुरी रहेको बताए । 

उक्त स्वास्थ्य शिविरमा अर्जुनमान सैंजु, गुणाखर भण्डारी, कमल क्षेत्री, पदुमणि पोख्रेल, स्थानीय वडाका जनप्रतिनिधि सूर्य कार्की, प्रधानाध्यापक नारायणप्रसाद पौडेल लगायतले आगामी दिनमा स्वास्थ्यलाई स्वस्थ राख्न विशेष योजना बनाएर नागरिकलाई सचेत गराउने विषयमा छलफलसमेत भयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ