arrow

अस्ताए इजरायलका पूर्व राष्ट्रपति सिमोन पेरेस

logo
प्रकाशित २०७३ असोज १२ बुधबार
simon-perish.jpeg
काठमाडौ । इजरायलका पूर्व राष्ट्रपति सिमोन पेरेसको ९३ वर्षको उमेरमा निधन भएको छ । पेरेसको बुधवार टेल अभिवस्थित अस्पतालमा निधन भएको हो । 
 
पेरेस इजरायलका लागि दुईपटक प्रधानमन्त्री र एकपटक राष्ट्रपति भएका थिए । इजरायललाई नयाँ राष्ट्रको रुपमा स्थापित गराउन पेरेसको उल्लेखनीय भूमिका रहेको छ । 
 
पेरेसले सन् १९९४ मा नोबल शान्ति पुरस्कार पनि प्राप्त गरेका छन् । १९९० को दशकमा पेलेस्टाइनसँग शान्ति विस्तार गर्नका लागि वार्ताको वातावरण बनाउन पेरेसले निर्वाह गरेको  भुमिकालाई कदर गर्दे नोबल शान्ति पुरस्कार प्रदान गरिएको हो । 
 
इजरालका कार्यकारी प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले राष्ट्रले अमूल्य व्यक्तित्व गुमाएको भन्दै पेरेसको निधनप्रति गहिरो दु:ख व्याक्त गरेका छन् । 
 
अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि पेरेसको व्यक्तित्वको चर्चा गर्दै पेरेसको मृतक आत्मप्रति समवेदना प्रकट गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ