arrow

उद्योग वाणिज्य महासंघ गण्डकीमा भट्टचन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ७ मंगलबार
Amrit bhattachan.jpg

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्षमा अमृत भट्टचन निर्वाचित भएका छन् । महासंघको छैटौं प्रदेशसभाबाट भट्टचन अध्यक्षमा निर्वाचित भएका हुन् ।

महासंघको अध्यक्ष पदमा भट्टचन र स्याङ्जाका शोभाकान्त पौडेलको दावी थियो । दुवै आकांक्षीबीच गोलाप्रथाबाट अध्यक्ष चुन्ने सहमति भएको थियो । जसमा भट्टचनले अध्यक्ष पदको गोला थुतेका हुन् । 

अध्यक्षमा निर्वाचित भट्टचन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य र नवलपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष हुन् ।

महासंघको उपाध्यक्ष (एसोसिएट) मा कास्कीका सूर्यबहादुर भुजेल र जिल्ला नगर उपाध्यक्षमा पर्वतका केदारनाथ शर्मा र कोषाध्यक्षमा नवराज सुवेदी सर्वसम्मत चुनिए ।

सदस्यमा गोपी अधिकारी, हरिकुमार श्रेष्ठ, गुणराज सिलवाल, केदारप्रसाद पराजुली, दयाराम पौडेल, रामचन्द्र रेग्मी, सीता सुवेदी, हरि शर्मा गैरे, काशी गुरुङ, रामकली खड्का, झलकलाल श्रेष्ठ रहेको संघका कार्यालय प्रमुख निशान खनालले जानकारी दिए । तीमध्ये सीता, हरि, काशी, रामकली र झलकलाल मनोनीत हुन् ।

संघको सल्लाहकारमा श्रवणकुमार जोशी, लक्ष्मीप्रसाद त्रिपाठी, लीलाबहादुर अधिकारी, राजेश थापा, मोतीप्रसाद पौडेल चयन भए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ