arrow

बहुप्राविधिक शिक्षालयमा तीन सञ्चालक सदस्य मनोनीत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ७ मंगलबार
Gandaki.jpg

पोखरा । गण्डकी बहुप्राविधिक शिक्षालयको सञ्चालक समितिले तीन सदस्य मनोनीत गरेको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अध्यक्षतामा सोमबार बसेको गण्डकी बहुप्राविधिक शिक्षालय सञ्चालक समितिको १९औं बैठकले तीन जना सदस्य मनोनीत गरेको हो ।

मनोनीत हुनेमा प्राडा सरस्वती न्यौपाने, छत्रधर आत्रेय र नारायण पौडेल रहेका छन् । शिक्षालयको सञ्चालकमा चार जना मनोनीत सदस्य रहने प्रावधान छ । समितिमा यसअघि श्रीराम पोखरेल मनोनीत भएका थिए ।

गण्डकी बहुप्राविधिक शिक्षालय ऐन २०७६ अनुरुप शिक्षालयको नीति निर्माण तथा काम कार्वाहीे सञ्चालन, रेखदेख तथा प्रवन्ध गर्नका लागि महानगरपालिकाका प्रमुख पदेन अध्यक्ष रहने गरि नौ जनाको सञ्चालक समिति रहेको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमलाई प्रवर्द्धन गर्दै स्थानीय स्तरमै निम्नमध्यम स्तरीय प्राविधिक दक्ष जनशक्ति उत्पादन गरि सक्षम, आत्मनिर्भर तथा स्वावलम्वी जनशक्ति तयार गरि स्थानीय स्तरमै उद्यमशीलताको प्रवर्द्धन गर्न पोखरा प्राविधिक शिक्षालयको स्थापना गरिएको हो ।

समितिमा महानगरपालिकाका कार्यपालिका सदस्यहरुमध्ये प्रमुखद्वारा मनोनीत एक, सिटिइभिटीका प्रतिनिधि पदेन सदस्य, स्थानीय शिक्षाप्रेमीबाट एक जना महिलासहित दुई जना, महानगर शिक्षा शाखा प्रमुख, शिक्षालयमा प्रशिक्षण दिइने विषयसँग सम्बन्धित रोजगारदाता, व्यवसायी, उद्योगी, ख्यातिप्राप्त प्राविधिकमध्ये सञ्चालक समितिबाट मनोनित दुई जना र शिक्षालयका निर्देशक पदेन सदस्य सचिव रहने गरि नौ जनाको संचालन समिति रहनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ