arrow

आईएमई समूहको मिडाससँग धुलिखेल अस्पतालको ‘मोबाइल एप’ संचालन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ७ मंगलबार
Mnemonic_Midas.jpg

काठमाडौं । आईएमई समूह अन्तर्गतको मिडास टेक्नोलोजिजसँगको सहकार्यमा धुलिखेल अस्पतालले आफ्नो मोबाइल एप संचालनमा ल्याएको छ । 

यो एप मार्फत बिरामीहरूले सजिलै र सुविधाजनक ढंगले धुलिखेल अस्पतालमा ‘अनलाइन अपोइन्टमेन्ट’ बुकिंग गर्न र  त्यहाँबाट प्रयोगशाला रिपोर्टहरू प्राप्त गर्न सक्छन् ।  

यसले बिरामीहरूलाई अस्पतालसम्म आइपुग्न र लामो लाइनमा उभिने झन्झट हटाउँदै  धेरै समय बचत गराउने छ । 

सँगसँगै यो एप मार्फत नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डद्वारा प्रदान हुने स्वास्थ्य बीमाको सुविधा प्राप्त गर्न, निःशुल्क रुपमा अस्पताल टिकट बुक गर्ने र  आफ्नो बीमा जानकारी  प्राप्त गर्नसमेत सकिने जनाइएको छ ।  

मिडास टेक्नोलोजीद्वारा विकसित मोबाइल एप संचालनमा ल्याउँदा सन् १९९६ देखि बिरामीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको धुलिखेल अस्पतालले बिरामीहरूलाई दिने सेवाहरूमा थप सुधार हुने विश्वास लिएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ