arrow

अफगानिस्तानमा अमेरिकी हवाई हमला, १८ को मृत्यु

logo
प्रकाशित २०७३ असोज १२ बुधबार
एजेन्सी । अफगानिस्तानमा  चरमपन्थी संगठन इस्लामिक स्टेट आइएसविरुद्ध गरिएको अमेरिकी हवाई हमला परी कम्तिमा पनि १८ जनाको मृत्यु भएको छ । 
 
मृत्यु हुनेमा अधिकांश विद्रोही रहेपनि केही स्थानीय समेत रहेका हुनसक्ने एक अफगान अधिकारीलाई उदृत गर्दै रोयटर्सले जनाएको छ । 
 
नानगाहरमा वुधवार भएको सो हमलामा परी मर्ने मध्ये १५ जना विद्रोही पक्षका र ३ जना स्थानीय रहेको अचिन जिल्लाका प्रहरी प्रमुख महमद अलीले जनाएका छन् । 
 
कावुमा रहेको अमेरिकी सैन्य कमाण्डका प्रवक्ताले समेत अचिनमा अमेरिकी हवाई हमला भएको पुष्टि गरेपनि हमलाको उद्येश्यबारे भने केही बोलेका छैनन् ।  
 
अमेरिकी सैनिक रिपोर्टका अनुसार यो वर्षको जनवरी र अगष्टको बिचमा मात्रै अफगानिस्तानमा अमेरिकी हवाई विमानहरुले ८ सय हतियार छोडिसकेको छ । 
 
अफगानिस्तानमा तालिवान लगायत अन्य विद्रोहीहरुको नाममा पटक–पटक हुने अमेरिकी हवाई हमलामा परी कयौं नागरिकको मृत्यु भएको छ  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ