arrow

कार्यकक्षमा बोलाएर एआईजीलाई प्रधानमन्त्रीले दिए निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ९ बिहिबार
pm-prachanda-address-2.jpg

काठमाडौं । नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई आफ्नो कार्यकक्षमा बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् । 

प्रधानमन्त्री ‘प्रचण्ड’ले नवनियुक्त एआईजीलाई बधाई तथा शुभकामना दिँदै निर्देशन दिएका हुन् । 

उनले आगामी कार्यकालमा अझै जनमुखी सेवा प्रवाह र शान्ति सुरक्षामा अब्बल भूमिका निभाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले एआईजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई बुधबार आफ्नो कार्यकक्षमा बोलाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ