arrow

बाह्रौं औद्योगिक प्रदर्शनी मेला पौषमा

logo
प्रकाशित २०७२ मंसिर २२ मंगलबार
काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल प्रत्येक वर्ष गर्दे आएको जुत्ता चप्पल तथा वस्तुहरुको राष्ट्रिय औद्योगिक प्रदर्शनी यो वर्ष २०७२ पौष ९ गतेदेखि १५ गतेसम्म गर्ने भएको छ ।  

प्रदर्शनीको यस वर्षको नारा ‘आत्म निर्भरताको आधार, स्वदेशी उत्पादनको प्रयोग’ भन्ने रहेको छ । गत वर्षदेखिे भृकुटीमण्डप स्थीत प्रदर्शनीहलमा आयोजना शुभारम्भ गरिएको प्रदर्शनी यस वर्ष पनि सोहि स्थानमा हुने छ । नेपालका सम्पूर्ण छाला जुत्ता तथा चप्पल कम्पनीहरुको एउटै छाना मुनी प्रदर्शन र विक्री हुने भएकोले यो प्रदर्शनीले उपभोक्ताहरुको विश्वास जित्न सफल हुने र अघिल्ला प्रदर्शनी भन्दा पृथक हुने विश्वास आयोजकले लिईएको छ । उक्त प्रदर्शनीमा आफ्ना उत्पादनहरुलाई प्रवद्र्धन गर्न चाहने स्वदेशी जुत्ता चप्पल तथा छालाजन्य वस्तु उत्पादन गर्ने उत्पादकहरुलाई सहभागी हुनका लागी संघले आव्हान समेत गरेको छ ।

साथै प्रदर्शनीमा सहभागी हुन इच्छुक कम्पनीहरुका लागी स्टल बुकिङ्ग समेत खुल्ला गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ