- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आज बैठक आह्वान गरेको छ । लोसपाले सरकारमा सहभागी हुने तयारी थालेको छ ।
सरकारमा सहभागिता साथै आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन लगायतका विषयमा छलफल गर्न लोसपाले बैठक बोलाएको हो ।
लोसपाले बारा-२ मा हुने उपनिर्वाचनमा नवलकिशोर सिंहलाई उम्मेदवार बनाउने तयारी गरिरहेको छ ।
तर सत्ता गठबन्धनमा एक मात्र साझा उम्मेदवार बनाउने सहमति भएमा लोसपाले उम्मेदवारी दिने वा नदिने भन्ने विषयमा समेत छलफल गर्नेछ ।