arrow

म्याक्रोँको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ९ बिहिबार
macron-french.jpg

फ्रान्स ।  फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले राष्ट्रव्यापी विरोधका बाबजुद सरकारको विवादास्पद पेन्सन सुधार यस वर्षको अन्त्यसम्ममा लागू होस् भन्ने चाहेको बताएका छन् । 

फ्रान्सको संवैधानिक अदालतले अझै आफ्नो अन्तिम निर्णय दिन बाँकी छ । तर राष्ट्रपति म्याक्रोँले सुधार ‘यस वर्षको अन्त्यसम्ममा लागू गर्न’ आवश्यक रहेको बताएका छन् । 

“हामी जति लामो समय पख्र्यौै त्यति नै यो बेठिक हुनेछ । सुधार आवश्यक छ, यसले मलाई खुसी पार्दैन । म त्यसो नगर्न रुचाउँछु,” उनले भने ।

फ्रान्समा विपक्षी दलसहित ठूलो समूह पेन्सनको उमेरलाई ६२ वर्षबाट बढाएर ६४ वर्ष बनाउने सरकारको निर्णयको विरोध गर्दै देशव्यापीरूपमा आन्दोलित भएको छ । 

“अल्पकालमा गरिने जनमत सर्वेक्षण र देशको सामान्य हितमध्ये कुनै एकलाई रोज्दा म देशको समसामहिक हितलाई रोज्छु,” म्याक्रोँले एक टेलिभिजन अन्तर्वार्तामा भने । 
 
“यदि बुधबार अलोकप्रियता स्वीकार्नु आवश्यक छ भने म यसलाई स्वीकार गर्नेछु,” उनले भने । उनले सुधारका लागि देशलाई आश्वस्त पार्न आफूले कोसिस गरिरहेको तर अझै सफल हुन नसकेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ