arrow

छब्बीस श्रृंखलापछि घरमा हार्‍यो भारत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ९ बिहिबार
surya-kumar-yadav-india-australia.jpg

काठमाडौं । घरेलु मैदानमा २६ वटा क्रिकेट श्रृंखलापछि भारतले पहिलो हार बेहोरेको छ । भारत अष्ट्रेलियासँगको एक दिवसीय श्रृंखला गुमाउन पुगेको हो । 

रोहित शर्माको नेतृत्वको भारतले तेस्रो एक दिवसीयमा अष्ट्रेलियासँग २१ रनको हार बेहोर्दै श्रृंखला २–१ ले गुमाएको छ । २६ श्रृंखलामा २४ जित र २ बराबरी गरेको भारतले २७ श्रृंखला २–१ ले गुमायो । 

पहिलो खेल जितेको भारतले त्यसपछिका दुवै खेल अष्ट्रेलियालाई सुम्पेको हो । चेन्नईमा भएको तेस्रो खेलमा पहिले ब्याटिङ गरेको पाहुना टिमले ४९ ओभरमा अलआउट हुँदै २६९ रन बनायो । मिचेल मार्सले ४७ तथा एलेक्से केरीले ३८ रन बनाएको इनिङ्समा हार्दिक पाण्डेया र कुलदीप यादवले ३–३ विकेट लिए । 

जवाफमा ४९.१ ओभरमा अलआउट हुँदै भारतले २४८ रनमात्र बनायो । विराट कोहलीले ५४ तथा हार्दिक पाण्डेयाले ४० रन बनाए । 

एडम जम्पाले ४ विकेट लिए । जम्पा प्लेयर अफ द म्याच भए । श्रृंखलामा १९४ रन बनाएका मिचेल मार्श प्लेयर अफ द सिरिज भए । 

यसअघि भारतले चार खेलको टेष्ट श्रृंखला २–१ ले जितेर विश्व टेष्ट च्याम्पियनशिपको फाइनलमा पुग्न सफल भएको थियो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ