arrow

रहेनन् नोवेल शान्ति पुरस्कार विजेता तथा इजरायलका पूर्वराष्ट्रपति शिमोन पेरेज, विश्व समुदायबाट दु:ख व्यक्त

logo
प्रकाशित २०७३ असोज १२ बुधबार
Shimon-Peres.jpeg
इजरायल । नोवेल शान्ति पुरस्कार विजेता ईजरायलका पूर्वराष्ट्रपति तथा प्रधानमन्त्री शिमोन पेरेजको बुधबार निधन भएको छ । दुई साता अघिदेखि सिकिस्त विरामी भएका पेरेजको ९३ वर्षको उमेरमा स्थानीय समयअनुसार विहान ३ बजे निधन भएको पेरेजका छोरी–ज्वाइँ रफी वालडेनले बताए  । 
 
पेरेज दुई पटक प्रधानमन्त्री र एकचोटि राष्ट्रपति बनेका थियो भने जीवनको उत्तरार्धसम्म पनि सक्रिय राजनीतिज्ञकारुपमा क्रियाशिल थिए । 
 
प्यालेस्टिनीसँग शान्ति सम्झौता गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई सन् १९९४ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो । उनको निधन प्रति विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्रप्रमुखले दुःख व्यक्त गरेका छन् । 
 
अमेरिकी राष्ट्रपति बाराक ओवामाले शान्तिका लागि सधैभरी प्रयत्न गरिरहने व्यक्तिका रुपमा उनलाई स्मरण गरेका छन् । ओवामा पेरेजको अन्त्यष्टी कार्यक्रममा सहभागी हुनु शुक्रबार इजरायल जाने भएका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव वान की मुनले पनि शोक वक्तव्य प्रकाशित गरी शान्ति स्थापनमा महत्वपूर्ण भूमिका खेल्नु भएका पेरेजको निधनले दुखित बनाएको जनाएका छन् । 
 
“विश्वमा पेरेजजस्ता सीमित मान्छे छन्, जस्ले विश्वलाई नै परिवर्तनको वहाक बनेर मानव इतिहासमा ठुलो योगदान गर्नुभएको छ । उहाँ हाम्रो शक्ति र नैतिकताका श्रोत पनि हुनुहुन्छ ।” ओवामाले वक्तव्यमा भनेका छन् ।  अमेरिकाकै पूर्वराष्ट्रपति विल क्लिनटनले पनि पेरेजलाई शान्ति र मेलमिलापका अभियान्तको रुपमा सम्झना गरेका छन् । 
 
इजरायलकै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गहिरो शोक व्यक्त गरे भने प्रतिपक्षी दलका नेता इस्साक हेर्जङले इजरायलको इतिहासका प्रतिक भएकाले कहिल्यै भुल्न नसक्ने बताएका छन् । पेरेजले प्रधानमन्त्री र राष्ट्रपतिका रुपमा सन् २००७ देखि २०१४ सम्म इजरायलको नेतृत्व गरेका थिए । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ