arrow

सलमान र शाहरुखबीच डरलाग्दो एक्सन, सेट बन्न ४५ दिन लाग्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ९ बिहिबार
salma-saharuk.jpg

काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म ‘टाइगर ३’ को दर्शकहरू प्रतीक्षामा छन् । टाइगर ३ मा शाहरुख खान इन्टेन्स क्यामियो गर्दैछन् । 

सलमान र शाहरुख खानको ‘टाइगर ३’ मा धेरै खतरनाक एक्शन सीन र स्टन्ट हुनेछन् । जसका लागि निर्माता हरूले निकै योजना बनाएका छन् । 

‘पठान’ मा शाहरुख र सलमानबीच देखिएको केमेस्ट्रीलाई ‘टाइगर ३’का निर्माताले सदुपयोग गर्ने छन् । 

यशराज फिल्म्सले शाहरुख र सलमानको बीचमा सुटिङ हुने एक्सन दृश्यका लागि विलासी सेटको तयारी गरिरहेको बताइएको छ । 

यस सेटमा दुबै सुपरस्टारको महत्त्वपूर्ण एक्सन दृश्य छायाङ्कन हुनेछ । प्रोडक्सन हाउसले शाहरुख खान र सलमान खानका यी एक्सन दृश्यहरूलाई गोप्य राख्न चाहेका छन् । यो सेट ४५ दिनमा तयार हुने बताइएको छ ।

जब सलमान पठानमा शाहरुख खानलाई बचाउँदै आए सो सीनलाई दर्शकले धेरै मन पराए। यस्तै सीन टाइगर ३ मा निर्माताहरूले चाहेका छन् । 

पठानमा सलमान र शाहरुखको सीन तयार पार्न ४५ दिन लागेको थियो । तर, ‘टाइगर ३’ को लागि निर्माताहरूको योजना अझ बलियो बनाएका छन् । 

‘टाइगर ३’ मा शाहरुखको एन्ट्री सीन लेख्न र योजना बनाउन ६ महिना लागेको थियो । टाइगर ३ का निर्देशक मनिष शर्मा र निर्माता आदित्य चोपडा यसका लागि परेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ