arrow

एसीसी प्रिमियर कपमा नेपाल समूह ए मा, विजेताले एसिया कप खेल्ने [सूचीसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ९ बिहिबार
nepal-cricket-2023-2-27.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । एसीसी पुरुष प्रिमियर कप क्रिकेटमा नेपाल समूह ए मा परेको छ । एसियाली क्रिकेट परिषद (एसीसी) ले बिहीबार घोषणा गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा नेपालले मलेसियालाई प्रतिद्वन्द्वी पाएको हो । 

बैशाख ५ गतेबाट नेपालमा हुने प्रतियोगितामा नेपालले उद्घाटन खेलमा मलेसियासँग कीर्तिपुर मैदानमा खेल्नेछ । १० राष्ट्रको सहभागीता रहने प्रतियोगिताको समूह ए मा नेपालसहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह बी मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन् ।

हरेक समूहका शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनलमा पुग्नेछन् । उपाधि विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । 

यस्तै शीर्ष तीनमा रहने टोली एसिया ईमर्जिङ कपका लागि छनोट हुनेछ ।

नेपाललाई विजेता बनेर एसिया कप खेल्ने सुन्दर अवसर रहेको छ । 

नेपालले यसअघि एक दिवसीय विश्वकपमा सिधै छनोट खेल्ने अवसर पाएको छ भने शीर्ष पाँचभित्र रहेर एक दिवसीय मान्यतालाई कायमै राखेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ