arrow

गण्डकी प्रदेश

माओवादीले समर्थन फिर्ता लिँदै, सङ्कटमा खगराज

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १० शुक्रबार
khagraj-adhikari-gandaki.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्र गण्डकीले संसदीय दलको बैठक बोलाएको छ । 

गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी संसदीय दलको बैठक आज बस्ने भएको हो ।  बैठक आज ११ बजे बोलाइएको छ । 

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन् । 

माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको प्रदेश सरकार सङ्कटमा पर्ने देखिन्छ । उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । 

माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा गत पुस २५ गते एमालेका खगराज अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

 गठबन्धनमा सामेल कांग्रेस र माओवादी केन्द्रले नयाँ सरकार बनाउन आन्तरिक कसरतमा छन् । 

आठ प्रदेशसभा सदस्य (सभामुखसहित) रहेको माओवादी केन्द्रले समर्थन फिर्ता लिनासाथ अहिलेको सरकार अल्पमतमा पर्छ । 

सरकारलाई माओवादीसहित एमालेका २२ र राप्रपाका दुई प्रदेशसभा सदस्यको समर्थन छ । 

साठी सदस्यीय प्रदेशसभामा राप्रपाले मात्र समर्थन फिर्ता लिँदा पनि सरकारले बहुमत गुमाउँछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ